२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ जनमत पार्टीको मधेश नेतृत्व पुन्जका केन्द्रिय उपाध्यक्षले आफनै कोठामा नचाए स्कुलका बालिकाहरुलाई ..स्थानियद्धारा विरोध

जनमत पार्टीको मधेश नेतृत्व पुन्जका केन्द्रिय उपाध्यक्षले आफनै कोठामा नचाए स्कुलका बालिकाहरुलाई ..स्थानियद्धारा विरोध

जनमत पार्टीको भातृ संगठन मधेश नेतृत्व पुन्जको केन्द्रिय उपाध्यक्ष जितेन्द्र (बब्लु) शुक्लाले स्थानिय विद्यार्थी छात्राहरुलाई आफनो कोठामा बोलाएर नचाएका छन ।

रुपन्देही जिल्लाको सम्मरीमाई गाउपालिकाका मेयर समेत रहेका शुक्लाले अभिभावकहरुको विना सहमतिमा लगभग १५ बर्ष भन्दा मुनिका बालिकाहरुलाई आफनै कोठामा लगेर नचाएको स्थानिय युवाहरुले बताएका छन ।

स्थानिय स्कुलका बालिकाहरुलाई शिक्षक र मेयरको मिलेमतोमा संस्कृतिको नाममा मेयर शुक्लाले आफनै कोठामा लगेर नचाए पछि स्थानिय अभिभावकहरु समेत विरोध गरेका छन । आफनो छोरीहरुलाई मेयरले आफनो पैसा , पावर देखाएर आफनै कोठामा नचाएपछि आफुहरुको ईज्जत माथि खेलवाड गरेको स्थानिय एक महिलाले जानकारी दिनुभएको छ ।

गाउका स्थानिय युवा एवमं अभिभावकहरुले मेयर शुक्ला आफु जनमत पार्टीको ठुलो नेता भएको , मेयरको हैसियत भएको , पैसाको पावर भएको , पुलिस प्रसासन सबै आफनो हातमा रहेको भन्दै स्थानिय युवाहरुलाई ज्यान मार्ने धम्की समेत दिएको स्थानिय युवा अरुन सहानीले जानकारी दिनुभयो ।

मर्चवार क्षेत्रमा रहेका खासगरि गरिब समुदायका बालिकाहरु अहिले एकदमै असुरक्षित रहेको भन्दै यस्तो शासकहरुको विरुद्धमा सारा मिडियाहरुले अवाज उठाउनुपर्ने स्थानिय पत्रकार रामविकास चौधरीले जानकारी दिनुभयो ।

पत्रकार चौधरीका अनुसार मेयर शुक्लाले आफनो पावरको दुरुपयोग गरेर गुण्डा समेत पालेको जानकारी दिदै यस्ता कार्यहरु प्रति प्रहरी प्रसासन समेत घुस आएर मौन बस्ने गरेको बताए । मर्चवार क्षेत्रमा अझै पनि छोरी चेलीहरु सुरक्षित नहुनु , युवाहरुलाई पढन नदिनु , जनताहरुलाई चाहिने गासबास र कपासको समेत समस्या भएको पत्रकार चौधरीले जानकारी दिए ।

मेयर शुक्लले गरेको यस्तो हर्कतले गर्दा सारा मर्चवारबासीमा त्रास फैलिएको चौधरीले जानकारी दिए । यता मेयर शुक्लालाई नमुना नेपालको टिमले फोनमा सम्पर्क गर्न खोज्दा आफु केही कुरा बोल्न नसक्ने भन्दै जवाफ फर्काएका छन ।

जनमत पार्टी रुपन्देही जिल्लाका कोषाध्यक्ष सन्जय कुमार मिश्राका अनुसार आफनो पार्टीको भातृ संगठन मधेश पुन्जका केन्द्रिय उपाध्यक्ष शुक्लाले यस्तो अरुको छोरी चेलीलाई आफनो कोठामा लगेर नचाउनु गैर कानुनी भएको भन्दै अनुसन्धान गरि पार्टीले समेत कारवाही गर्ने प्रतिबद्धता जनाएका छन ।
जनमत पार्टीका नेता तथा सम्मरीमाई गाउपालिकाका मेयर भएर कसैको छोरी चेलीहरुलाई मेयरले यसरी कोठामा नचाउनु भनेको सारा समाजको अपमान भएको जनता समाजबादी पार्टी रुपन्देहीका प्रवक्ता मो.ईस्लाम खानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु