गृहपृष्ठ जसपा रुपन्देहीका अध्यक्ष यादवको नेतृत्वमा प्रधानमन्त्रिलाई प्रजिअ मार्फत ज्ञापनपत्र
जसपा रुपन्देहीका अध्यक्ष यादवको नेतृत्वमा प्रधानमन्त्रिलाई प्रजिअ मार्फत ज्ञापनपत्र

बुटवल , जनता समाजबादी पार्टी रुपन्देहीका अध्यक्ष राम अवतार यादवको नेतृत्वमा राष्ट्रपति विद्या भण्डारीले चालेको असंबैधानिक कदमको विरोधमा प्रमुख जिल्ला अधिकारी रुपन्देही मार्फत आज मगंलवार ज्ञापनपत्र बुझाएको छ ।
जसपा रुपन्देहीले सरकारले बिधिवत रुपमा नागरिकता बिधेयक संसदमा दर्ता गरी दुबै सदन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट बहुमतले पारित गरी राष्ट्रपति कार्यालयलाई प्रमाणिकरणको लागि पठाउदा १५ दिन सम्म कुनै जवाफ बिना अचानक सरकारलाई पुनबिचरा गर्न भनी फिर्ता पठाएको कार्यले देशका सम्पूर्ण नागरिकता बिहिन नागरिकहरु माथि सम्माननिय राष्ट्रपतिज्युद्वारा ठुलो कुठाराघात गरिएको महसुस गर्दै ज्ञापनपत्र दिईएको यादवले जानकारी दिनुभयो ।

बिगतमा तत्कालिन केपी ओली सरकारले ल्याएको ”नागरिकता अध्यादेश” लाई तुरुन्त प्रमाणिकरण गर्ने सम्माननिय राष्ट्रपतिज्युले त्यही अध्यादेशलाई बिधीपुर्वक दुबै सदनबाट पारित गराएर प्रमाणिकरण गर्न पठाउदा फिर्ता गर्नुले स्वयम सम्माननिय राष्ट्रपतिज्युको दलिय नियत पनि स्पस्ट देखिएको छ।

हामी यस कार्यको घोर निन्दा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै बिधेयकलाई पुन शिघ्रताका साथ दुबै सदनमा प्रस्तुत गरी बिधिवत रुपले पारित गराइ देशमा रहेका सम्पूर्ण नागरिकता बिहिन नेपाली नागरिकहरुको नागरिकता प्राप्त गर्ने मार्ग प्रसस्त गराउन माग जसपाले माग गरेको छ ।