गृहपृष्ठ जनसम्पर्क समिति साईप्रसले निर्बाचित महामन्त्रि तिमिल्सीनालाई निलम्बन गर्यो.
जनसम्पर्क समिति साईप्रसले निर्बाचित महामन्त्रि तिमिल्सीनालाई निलम्बन गर्यो.

नेपाली जनसम्पर्क समिति साईप्रसले नर्बाचित आफनै महामन्त्रि सरस्वती तिमिल्सीनालाई निलम्बन गरेको छ ।
जसस साईप्रसका अर्का महामन्त्रि कुमार सिहंले एक प्रेस बिज्ञप्ती जारी गर्दै महामन्त्रि तिमिल्सीनाले सस्थाको हित विपरित कार्य गरेकोले गत सेप्टेम्बर ७ तारिखका दिन अनलाईन छलफलमा बसेको बैठकबाट ६ महिनाका लागि निलम्बन गरिएको बताएका छन ।
महामन्त्रि सिहंले विज्ञप्तीमा उल्लेख गर्दै निज महामन्त्रि तिमिल्सीनाका विरुद्धमा सस्थाकै सदस्यहरुले कारवाही गर्नु पर्ने छानबीन गर्नु पर्ने पटक पटक निबेदन आएकोले जनसम्पर्क समिति साईप्रसको विधानको धारा २८ को उपधारा ४ ले दिएको अधिकारको प्रयोग गर्दै कारवाही गरिएको उल्लेख गनु भएको छ ।
महामन्त्रि सिहका अनुसार निलम्बनमा पारिएकी महामन्त्रि तिमिल्सीनासगं साईप्रस वा अन्य कुनै पनि ठाउका समाजिक सघंसस्थाहरुले कुनै किसिमको काम कारवाही नगर्न गराउन आग्रह गरेका छन ।
उता निलम्बनमा पारिएकी महामन्त्रि तिमिल्सीनाले भने आफु आफनो सस्था प्रति वफादार रहेर काम गरिरहेको र आफु निदोर्ष रहेको प्रतिक्र्रिया दिएकी छिन ।