गृहपृष्ठ साउदी अरेवियाका पिडित श्रमिकहरुलाई सिडब्लुए साउदीद्धारा खाद्यान्न सहयोग
साउदी अरेवियाका पिडित श्रमिकहरुलाई सिडब्लुए साउदीद्धारा खाद्यान्न सहयोग

वैदेशिक रोजगारीका लागि साउदीअरब आएका १५ जनालाई चमार कल्याण समाज साउदी अरबले खाद्यान्न सहयोग गरेको चमार कल्याण समाज साउदी अरबका महासचिव जग जिवन राम (जीवन कुमार) ले बताएका छन् ।
साउदी अरबको दमाम क्षेत्रमा खाद्यान्नको अभावमा रहेका पीडितका बारेमा आएको जानकारी पश्चात् चमार कल्याण समाज साउदी अरबका संयोजक सुरेन्द्र महरा, अध्यक्ष जितेन्द्र राम, महासचिव जग जिवन राम (जीवन कुमार) , कोषाध्यक्ष बिजय महराको पहलमा र समाजक सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरू को सहयोगमा पीडितहरुलाई चमार समाज द्वारा चामल, दाल, तेल, प्याज, आलु नौटेला र मसाला लगायतका खाद्यान्न सामग्री १० दिन देखि १२ दिन सम्म पुग्ने खाद्यान्न सहयोग गरेका हुन् ।

साउदी अरबको पूर्वी प्रान्त शहर दम्माम स्थित उनीहरूलाई कम्पनीद्वारा काम विहीन भई खानाको समेत समस्या रहेको निवेदन आएपछि खाद्यान्न अभाव झेलिरहेकाहरुलाई सहयोग गरिएको हो।