२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ किरात याक्थुङ चुम्लुङ साइप्रसद्धारा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

किरात याक्थुङ चुम्लुङ साइप्रसद्धारा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

युरोप , साईप्रस । युरोपियन देश साईप्रसमा स्थापना भएको सारा लिम्बु जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ साइप्रसले चासोक तङ्नाम उधौली न्वागी पुजा ५०८१ नेपाली संवत् २०७८ को अवसरमा शुभकामना आदनप्रदा तथा साँस्कृतिक कार्यक्रम धुमधामका साथ मनाएको छ ।

याक्थुङ चुम्लुङ साईप्रसका अध्यक्ष सविन सिगुको अध्यक्षतामा भएको कार्यक्रममा चासोक तङ्नामको बारेमा सल्लाहकार चुमन्ता लिम्बू र देवि लावती लिम्बुले प्रष्ट पार्नुभएको थियो ।

गत डिसेम्बर १९ तारिख साईप्रसको पापोस सहरमा भएको कार्यक्रममा अतिथि कलाकार फुर्के लाहुरे (नरेश तुम्बाहाङ्फे)मिजिरा सम्बाहाम्फे , स्मृति पयाङ्गो लिम्बू ,अमिसा लिम्बूले विभिन्न गित गाउनु भएको थियो भने नृत्य बर्षा इङ्नाम लिम्बू ,हेमा माखिम लिम्बू ,केलाङ (च्याब्रुङ्),यालाङ् (धान नाच) लगाएतका कलाकारहरुले आ आफनो प्रस्तुति देखाउनु भएको थियो ।

लिम्बु भेषमा सजिएका लिम्बु समुदायका प्रतिनिधिहरु

केवाईसिकी सचिव रेश्मा लिम्बुको संयोजकत्वमा चासोक तङ्नाम उधौली न्वागी पुजा ५०८१ नेपाली संवत् २०७८ को उपलक्ष्यमा शुभकामना आदनप्रदा तथा साँस्कृतिक कार्यक्रमको संचालन कियाचु साइप्रस साँस्कृतिक किभाग प्रमुख अम्बिका सुहाङ्ए(लिया)लिम्बूले गर्नु भएको थियो । कार्यक्रमको ब्यनर डिजाईन केवाईसिकी सस्थापक संयोजक सरिता लिङ्देनले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरु…

त्यसै गरि कार्यक्रममा नेपाल मगर सघं साईप्रसका अध्यक्ष खगेन राना मगर , ए।एस।ए ग्रुप की प्रतिनिधि एवम एनआरएनए साईप्रसकी पुर्ब कार्यसमिति सदस्य फोटोग्राफर आना हुन्छेयङ् लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सबै ब्यक्तित्वहरुलाई केवाईसिले विशेष धन्यबाद दिएको आफनो आफिसियल पेजमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु