२०७७ फागुन २३ गते आइतवार | March 07, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ मधेशको दलित विकास समिति समाबेशी नभएको भन्दै चमार समाजद्धारा खारेजीको माग

मधेशको दलित विकास समिति समाबेशी नभएको भन्दै चमार समाजद्धारा खारेजीको माग

जनकपुरधाम , प्रदेश २ सरकारले दलित बिकास समिति गठन गरेको समाबेशि नभएको भन्दै चमार कल्याण समाज खारेजीको माग गरेको छ । चमार कल्याण समाजका केन्द्रिय उपाध्यक्ष अमिरी मोची लगाएत बैदेशिक शाखाहरुले आज विहिवार एक प्रेश विज्ञाप्ती जारी गर्दै सो निर्णय समाबेशी नभएको , दलित समुदायको एकतालाई फुटाउन खोजेको , जनसंख्याको आधारमा आफुहरुको सहभागिता नभएको भन्दै सो निर्णयको विरोध गरेका हुन ।

प्रदेश २ मा चमार जातिहरुको जनसंख्या लगभग ९ प्रतिशत रहे पनि प्रदेश सरकारले चमार जातिहरुप्रति पुर्बाग्रही भएर समाबेश नगरेको समाजको ठहर रहेको छ । मधेशमा सबै भन्दा बढि उत्पीडनमा आफुहरु रहेको र आफुहरुलाई सबै भन्दा बढि बिभेद प्रदेश सरकारले गरिरहेको चमार कल्याण समाजका केन्द्रिय सदस्य उदय नारायण चमारले अरोप लगाउनु भएको छ ।

जनता समाजबादी पार्टीका गैर दलित नेताहरुले आफनोे गर्लफ्रेण्ड , दलित आन्दोलनमा योगदान नदिएकाहरुलाई नियुक्त गरेको चमारले आरोप लगाएका छन । आफनो चमार जातिहरु माथि नेपाली पुलिसले अत्याचार गर्दा प्रदेश सरकार अपराधीहरुलाई बचाउनका लागि लाग्ने , चमार जातिहरुलाई सधै हेप्ने , चमार जातिहरु आफुहरु पनि मानव हो मानव सरह ब्यवहार गर्न माग गर्दा विभिन्न आरोपमा जेल पठाउने गरेको रामले बताए ।

प्रदेश सरकारले दलित समुदायहरुको नाममा केन्द्रबाट आएको बजेटलाई गैरदलित र मन्त्रिहरु मिलेर खानेको गरेको समते समाजका केन्द्रिय उपाध्यक्ष अमिरी मोची चमारले अरोप लगाएका छन ।प्रदेश दुई सरकारको विरोधमा चमार कल्याण समाज साउदी अरेबिया शाखा , मलेसिया , दक्षिण कोरिया , संयुक्त राज्य अमेरिका लगाएतले प्रेस विज्ञप्ती निकालेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु