२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ महोत्तरी जिल्लामा शनिवार चमार भेला हुदै , श्रमिक स्वर्गीय रामसकलको परिवारलाई आर्थिक सहयोग हुने

महोत्तरी जिल्लामा शनिवार चमार भेला हुदै , श्रमिक स्वर्गीय रामसकलको परिवारलाई आर्थिक सहयोग हुने

जनकपुरधाम
महोत्तरी जिल्लाको महोत्तरी गाउपालिकाका स्वर्गीय रामसकल चमारको परिवारलाई आर्थिक सहयोग हुने भएको छ । चमार कल्याण समाज मलेसिया शाखाले बैदेशिक रोजगारीका क्रममा मलेसियामा दुबै किडनी फेल भएर मृत्यु भएका रामसकल चमारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै सहयोग गर्ने जनाएको छ ।

समाजका महासचिव रामकिसोर मोचीका अनुसार चमार कल्याण समाज मलेसिया शाखाले प्रवासमा आफनो जातिको एक कामदारको मृत्यु , त्यस माथि उहाको परिवारको अवस्था , बालबालिकाहरुको अवास्था अत्यन्त दयनिय रहेको भन्दै थोरै भएपनि आर्थिक सहयोग गर्न लागेको जानकारी दिए ।

महासचिव मोची , शाखाका संयोजक नन्दलाल राम चमार ,सहसंयोजक बिनोद राम , सचिव सुरेश राम , सहसचिव रामपुजन राम ,कोषाध्यक्ष सुरेन महरा ,सहकोषाध्यक्ष काशीराम चमार लगाएत सारा टिमका सदस्यहरुको अथक प्रयास गरेर केही रकम संकलन गरि सहयोग गर्न लागिएको सल्लाहकार अनेश राम चमारले बताए ।

साथै महोत्तरी जिल्लाका एक चमार समाजका विद्यार्थीलाई पनि सहयोग गरिने भएको छ । चमार कल्याण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महराका अनुसार आर्थिक अवस्था अत्यन्त नाजुक रहेका , जनकपुरमा अध्ययनको शिलशिलामा कोठा भाडा , कलेज शुल्क तिर्न नसकेका स्नातक गरिरहेका राम ईश्वर राम चमारलाई पनि केही आर्थिक सहयोग गरिने जानकारी दिनुभएको छ ।
चमार कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष ओम प्रकास राम चमारका अनुसार महोत्तरी जिल्लामा हुन गैरहेको आर्थिक सहयोग सगंै जिल्लामा र गाऊमा चमार कल्याण समाज गठन गरिने समेत जानकारी दिनु भयो ।

उपाध्यक्ष ओम प्रकासका अनुसार सो कार्यक्रममा बहुजन समाज परिषदका अध्यक्ष एवमं समाजका केन्द्रिय सदस्य हरिनन्दन अम्बेडकर चमार , दलित अगुवा एवमं समाजका केन्द्रिय सदस्य मनोज राम ,चमार कल्याण समाज गुजरा नगरपालिकाका प्रमुख पुनित राम चमार, मानवअधिकारकर्मी बिनोद महरा लगाएतको उपस्थिति रहने जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु