२०७७ फागुन ११ गते मंगलवार | February 23, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ मलेसियाको जेलमा बन्दी जिवन विताईरहेका सप्तरीका चमार युवा आज स्वदेश फर्किए

मलेसियाको जेलमा बन्दी जिवन विताईरहेका सप्तरीका चमार युवा आज स्वदेश फर्किए

रोजगारीको शिलशिलामा मलेसिया देशमा विगत ९ महिना देखि जेलमा बन्दिको जिवन विताईरहेका सप्तरीका एक युवालाई उद्दार गरि आज बिहिवार स्वदेश फर्काईएको छ । चमार कल्याण समाज मलेसिया शाखाको विशेष पहलमा नेपालको सारस्वर गाविस १ सप्तरीका ३१ बर्षिय किसोर कुमार मोची चमारको उद्धार गरि स्वदेश फर्काइएको हो ।

चमार कल्याण समाज नेपालको नाममा उद्धारका लागि अपिल पत्र

पिडित किसोर २०७२ सालमा मलेसियामा नेपालको मेनपावरले विभिन्न प्रलोभन पारेर मलेसिया पठाएको र भनेको काम , कम्पनी राम्रो नभएपछि केही बर्षमा कम्पनीमा कार्यरत मालिकहरुले कुटपिट , दुब्र्यवहार आदी गरेपछि कम्पनी छोडेर भागेका थिए । पिडित युवाको पासपोर्ट कम्नीको मालिकसगैं रहेकोले अन्यत्र काम गर्न अत्यन्त कठिनाई भएपनि उनि साथीहरुसगं पार्ट टाईम काम गर्ने दौरानमा करिब नौ महिना पहिले मलेसियन पुलिसले समातेर सिधै जेलमा राखेको पिडित किसोर चमारले बताए ।

किसोर चमारले आफु जेलमा परेको भन्दै आफनो बुवा सुबुधि चमार मार्फत उद्धारका लागि चमार कल्याण समाज नेपालको केन्द्रिय समितिमा अपिल गरेका थिए । किसोरको निवेदन पश्चाप्त चमार कल्याण समाज मलेसिया शाखाले आफनो खोजतलास गर्दै जादा पेन्ग क्यम्प जेल मयोगंमा ४१८ न. कैदीको रुपमा राखेको पत्ता लागे पछि उनलाई उद्धार कार्यका लागि आफुहरु प्रयास गरेको शाखाका महासचिव रामकिसोर मोची चमारले जानकारी दिनुभयो ।

काठमाडौ पुगे पछि किसोर कुमार चमार

महासचिव मोचीका अनुसार पिडित किसोर चमारका बारेमा चमार समाज नेपालको परिपत्रका अनुसार आफुहरु सहयोमा जुटेको र अगामी दिनमा मलेसिया कुनै पनि नेपाली चमार समुदायहरुलाई दुख परेमा , वा कम्पनीबाट निस्कासन गरेमा चमार कल्याण समाज मलेसिया प्रतिनिधिहरुलाई वा आफुलाई सम्पर्क गर्नका लागि अनुरोध गर्नु भएको छ ।

चमार कल्याण समाज मलेसियाका संयोजक मलेसियामा रहेका चमार समाजका पदाधिकारीहरुको अथक प्रसाय पछि पिडित किसोर चमारलाई स्वदेश फर्काउन सफल भएको र सारा मलेसिया शाखाका चमार सदस्यहरु, नेपाली राजदुतावास , आईओएमलाई धन्यबाद समेत दिनुभएको छ ।

समाजका मलेसिया संयोजक नन्दलाल चमारले नेपाली चमारहरु दुबई , मलेसिया , कतार , बहराईन , कुवेत , साउदी अरेबिया , ओमान , दक्षिण कोरिया , वा अमेरिकामा रहेका आफना प्रतिनिधिहरुलाई सम्पर्क गरि सारा चमारहरु एकिकृत हुन अह्वान गर्नु भएको छ । चमार कल्याण समाज नेपालले देशभरमा अहिले सारा चमार जातिहरुलाई एकिकृत गर्नका लागि सारा चमार एउटै खुन होऊ , सारा चमारहरुको एक साझा संगठन चमार कल्याण समाज अभियान संचालन गर्दै आएको केन्द्रिय उपाध्यक्ष एवमं पुर्ब सभासद शान्तिदेबी चमाईनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु