२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ माल्टामा गठन भएको भनिएको नेपाल च्याम्बर अफ कमर्श अवैधानिक

माल्टामा गठन भएको भनिएको नेपाल च्याम्बर अफ कमर्श अवैधानिक

नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्धन गर्न गर्न भन्दै लिथुनियाका नागरिक टोमस मिकालौकासको नाममा माल्टामा नक्कली नेपाल च्याम्बर अफ कमर्श गठन अवैधानिक रहेको बुझिएको छ। यस्तो गलत प्रचारप्रति माल्टामा रहेका नेपाली व्यबसायी र समुदायले आपत्ति जनाएका छन्।

माल्टाको नेपाली समुदायलाई गुमराहमा राखेर गलत मनसायले चेम्बर गठन भएको भन्दै प्रचार गरिनुमा नियत सफा नभएको देखिएको चर्चा छ। यस्तो अपारदर्शी र शंकास्पद काममा नेपाली दूतावास लन्डन पनि मुछिनु अर्को आश्चर्यको विषय भएको छ।

चेम्बर अफ कमर्सको अध्यक्षमा लिथुनियाका विवादस्पद मेनपावर व्यवसायी टोमस मिकालौकास चयन भएको भन्दै प्रचार गरिएको छ। उनी नेपाल लगायत दक्षिण एसियामा नागरिकलाई माल्टामा गैरकानुनी बाटोबाट झिकाएर अन्य युरोपेली मुलुकमा पठाउने गरेको स्रोतले जनाएको छ।

यसरी गठन भएको भनिएको च्याम्बरप्रति आपत्ति जनाउदै माल्टाका नेपाली व्यबसायी र अगुवाहरुले लन्डन दूतावास, नेपाल सरकार र सम्बन्धित निकायमा हस्ताक्षर सहित विरोध पत्र बुझाउने तयारी गरेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु