२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ नमुना नेपाल एक कदम अगाडी

नमुना नेपाल एक कदम अगाडी

नमूना नेपाल डटकम दोश्रो बर्षमा प्रवेश

दिनेश गौतम
युरोपियन देश पोर्तुगलबाट प्रकासित नमुना नेपाल अनलाईन मिडिया आज देखि दोस्रो बर्ष प्रवेश गरेकोमा हार्दिक बधाई दिदै हामी नमुनालाई छोटो अवधीमा धेरै फडको मारेको महसुस गरेको छु । नमुना नेपाल डटकमले हाल हरेक समुदायहरुको अवाजहरु उठाउनुका साथै वास्तविक पिडितहरुको अवाजलाई बुलन्द गरेको छ ।

यत्ति छोटो अवधिमा हामीले नेपालका सबै भन्दा गरिब समुदायहरुको अवाजलाई बुलन्द गर्नका लागि सबै भन्दा प्राथमिकताका साथ प्रकासन गरिरहेका छौ । नमुना नेपाललाई हामीले अहिले युरोपियन देश देखि , खाडी मुलुकमा कार्यरत श्रमिकहरुको अवाजलाई अझै उठाउने प्रयासरत छौ । नमुना नेपाल सारा जनताहरुको अवाज बनाउनका लागि मसगैं हाम्रा प्रधानसम्पक कलश खरेल , द्रोण रिजाल लगाएत सारा टिम लागेका छौ ।
मेरो अनुभव
नमुना नेपालमा केही महिना पहिला मेरा परम मित्र एवमं हाम्रा प्रधान सम्पादक कलश खरेलको फोन आएको थियो कि नमुना नेपालका लागि समाचारहरु बनाउनु पर्यो , हामी एउटै जिल्ला रुपन्देहीका हौ , हामी आफनो जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका साथीहरु , अफान्त लगाएतलाई नजिकबाट चिनेको कारणले गर्दा नमुना टिममा सामेल नहुने कुरै भएन ।

मैले सम्पादक कलश जीलाई भने ठिक छ म काम गर्छु । नमुना नेपाललाई सच्चिकै हामी एक फरक पहिचान , गरिब , दलित , जनजाति , मुस्लिम लगाएत सारा समुदायहरुको अवाज स्वतन्त्र भएर उठाउने बचन गरे अनुसार नै गरिरहेका छौ ।

नमुना नेपाललाई अगामी दिनमा अझै जनताहरुसगं नजिक ल्याउनका लागि मैले बिभिन्न देश , स्वदेशमा रहेका स्वतन्त्र पत्रकारिता गरिरहेका पत्रकारहरुलाई जोडने प्रयास पनि गदैैछु । नमुना नेपाल पछिल्लो समयमा नेपालकै सबै भन्दा उत्पीडित समुदाय डोम , मुसहर ,चमार , थारु लगाएतहरुको अवाज सशक्त रुपले उठाएको , प्रकासन गरेको तपाई हामीले हेर्न वा पढन सक्छौ । फेरि पनि हाम्रा प्रधानसम्पादक कलश खरेलजीलाई हार्दिक धन्यबाद दिन चाहन्छु । हामी एक कदम अगाडी छौ बढने छौ ।
अब के गर्न सकिन्छ ?
नमुना नेपाललाई राम्रो बनाउनका लागि हामीले अझै केही टेक्नीकल कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । साथै अनलाईन चलाउनका लागि हामीले हरेक समुदायहरुको अझै अवाज उठाउनु पर्ने हुन्छ । हामी उनिहरुको बारेमा समाचार बनाएर प्रकासित गर्ने , गाउ घरमा विकास निमार्णहरु भैरहेको कुरालाई प्राथमिकताका साथ लेख्ने , नमुना नेपाललाई सबैको सझा अवाज बनाएर आफनो मार्केट बढाउन सकिन्छ ।
अन्त्यमा ..
हामी नमुना नेपाललाई फ्लो गर्नु हुने , हाम्रो समाचार पढनुहुने , लेख्नु हुने सबै पाठक , लेखक एवम विज्ञापन दाता सारा टिम लगाएत संसार भरका सबैलाई नया साल २०२१ को पावन अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु