२०७७ माघ ७ गते बुधवार | January 20, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपालमा जात ब्यवस्था अन्त्य हुनुपर्ने :- आहुती

नेपालमा जात ब्यवस्था अन्त्य हुनुपर्ने :- आहुती

नेपालमा जात ब्यवस्था अन्त्य नभए सम्म नेपालको विकास सम्भव नहुने राजनितिक विश्लेषक, पुर्ब सांसद एवमं दलित अध्येता विश्वभक्त दुलाल आहुतीले बताएका छन ।

चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले आयोजना गरेको नेपालमा जात प्रथा कसरी अन्त्य हुन्छ भन्ने शिर्षकमा भएको भर्चुवाल अन्तरक्रिया कार्यक्रममा आहुतीले अब नेपालमा नया क्रान्तिको आवश्यकता रहेको भन्दै पहिला जात ब्यवस्था अन्त्य गरेर सारा नेपालीहरुलाई एक ढिक्का गर्नुपर्ने बताएका हुन ।

नेपालमा चमार समुदायहरुको जनसंख्या बढि रहेपनि राजनितिक , समाजिक , आर्थिक रुपमा राज्यले अत्यन्त विभेद गरकोले सारा चमार समाज एक भएमा मात्रै मुक्ति हुने आहुती बताएका थिए । नेपालमा सबै भन्दा बढि हेप्पिएका , बिभेदमा पारिएका चमार , डोम , मुसहर समुदायहरुलाई राज्यले अधिकार दिन सक्ने र विभेदको अन्त्य समेत गर्न सक्ने आहुतीको भनाई थियो ।

त्यसमा पनि संख्यात्मक हिसाबले सबै भन्दा पहिला डोम समुदायलाई सर्बसम्पन्न बनाउन सकिने भएकोले विभेदबाट मुक्ति दिलाउन सारा उत्पीडित समुदायहरु एक हुनुपर्ने आहुतीको तर्क रहेको थियो ।

समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारको अध्यक्षतामा भएको कार्यक्रममा अध्येता आहुतीले भारत लगाएत दक्षिण एसियामा दलित समुदायहरुलाई कसरी उत्थान गर्न सकिन्छ ? लगाएतका विषयहरुमा चर्चा गर्नु भएको थियो ।

नेपालमा चमार समुदायहरु जन्मजात डाक्टर रहेपनि राज्य र यहाको समाजले चमार समुदायलाई जातिय विभेद गरिनु अत्यन्त दुखद कुरा भएको चमार समुदायका डाक्टर रामजी राम चमारले बताएका थिए । डाक्टर चमारले जब प्रकृतिले विभेद गरेको छैन भने यहा नेपालमा चमार , डोम , मुसहर समुदायले मानवले किन विभेद गरेको भन्दै प्रति प्रश्न गरेका थिए ।

चमार समुदायहरुमा प्रकृतिक रुपमै उच्च शिक्षा रहेको र नेपाली चमारहरुको आफनै ईतिहास रहेकोले त्यसको खोजी निति आफु गर्र्न लागेको जानकारी दिएका थिए । चमार कल्याण समाज नेपालद्धारा आयोजित कार्यक्रममा चमार कल्याण समाज मलेसिया शाखाका संयोजक नन्दलाल चमार , सुरेश चमार , चमार कल्याण समाज कतारका संयोजक रामएकबाल राम चमार , साउदी अरेबियाका संयोजक सुरेन्द्र कुमार महरा , चमार समाजका अगुवा एवमं गुजरा नगरपालिका रौतहटको कार्यसमिति सदस्य पुनित राम चमार , समाजको केन्द्रिय सदस्य एवमं पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज राम चमार , चमार अधिकारकर्मी मदन राम चमार , ईन्जिनियर विपिन चमार लगाएतको उपस्थिति रहेको थियो । 

चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले समाजलाई अगाडी बढाउनका लागि अगामी दिनमा फेरि समसमायिक विषय बस्तु बारे छलफल कार्यक्रम आयोजना गर्न लागेको चमार कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष ओम प्रकास चमारले जानकारी दिनुभएको छ ।

उपाध्यक्ष चमारका अनुसार अगामी केही दिन भित्रै डोम समुदायका पहिलो डाक्टरी पढदै गरेका दिनेश डोम , चमार समुदायका डाक्टरहरु रामसुफल राम लगाएत , ईन्जिनियर , वकील , अधिकारकर्मी , राजनितिकर्मीहरुसगं छलफल हुने बताए ।

नेपालमा रहेका चमार समुदायहरु एकिकृत हुनका लागि चमार कल्याण समाज नेपालसगं सम्पर्कमा आउनका लागि सबैलाई अनुरोध गरिएको समाजका अन्तरराष्टिय संयोजक अमिरी मोची चमारको आग्रह थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु