गृहपृष्ठ नेपालमा पहिलो चमार सम्मेलनका लागि सुझाव संकलन कार्य सुरु
नेपालमा पहिलो चमार सम्मेलनका लागि सुझाव संकलन कार्य सुरु

नेपालमा चमार समुदायहरुको पहिलो राष्टिय सम्मेलनका लागि चमार कल्याण समाज नेपालले मलेसिया देशबाट सुझाव संकलन कार्य सुरुवात गरेको छ ।
नेपालमा अत्यन्तै पछाडि पारिएको , विभेदमा पारिएको चमार समुदायहरुको हक अधिकार , समाजिक , आर्थिक , राजनैतिक , भौतिक रुपमा सम्पन्न गर्ने हेतुले स्थापना भएको समाजले प्रवासी चमारहरुलाई एकिकृत गर्दै सम्मेलनको तयारी थालिएको समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले जानकारी दिए ।
समाजका अध्यक्ष चमारले नेपालमा चमार समुदायहरुलाई एकिकृत गरि एउटै छाता मुनी राख्नका लागि भएपनि नेपालमा चमार सम्मेलनको अवश्यक्ता रहेको औलाएका छन । उहाले नेपालमा चमार समुदायहरु माथि दिनहु अत्याचार , हिसां बलात्कार , जातिय विभेद आदिको शिकार भैरहेको बेला चमार समुदायहरु आफनो जाति , रगतको लागि भएपनि चमार कल्याण समाजसगं जोडिन सबैलाई आग्रह गर्नु भएको छ ।
अध्यक्ष चमारले अझै पनि चमार समुदायहरु एकिकृत नभए आउने सन्ततिहरुलाई गैरदलित वा अन्य समुदायहरु अझै विभेद हुने भएकोले अब चमार सम्मेलन गरि आफनो जातिको मुद्दालाई मजबुत बनाउन सबैलाई आग्रह गर्नु भएको थियो ।
चमार कल्याण समाज मलेसिया शाखाले गत आईतवार आयोजना गरेको राष्टिय सम्मेलनका लागि सुझाव संकलन कार्यक्रममा केन्द्रिय अध्यक्ष चमारले नेपालमा चमार समुदायका युवाहरु पढेलेखेर भएपनि सरकारी नोकरीमा जातकै कारण भर्ना हुन नपाएको , भर्ना भएपनि समाजले स्वीकार्य नगरेको , बालबालिकाहरुलाई स्कुलकै शिक्षकद्धारा चमार भएकै कारण विभेद , आदी जस्ता विभेद भैरहेको जानकारी दिए ।
समाजका अध्यक्ष नन्दलाल राम चमारको अध्यक्षता तथा समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारको प्रमुख अतिथ्यता एवमं चमार कल्याण समाज अन्तरराष्टिय संयोजक अमिरी मोचीको विशेष अतिथ्यतामा भएको कार्यक्रममा चमार कल्याण समाजका बुद्धजिवि एवमं प्रोफेसर रामपुकार महरा चमार , चमार समाजका युवा प्रतिनिधि मदन कुमार राम चमार , गुजरा नगरपालिकाका कार्यसमिति सदस्य एवमं चमार कल्याण समाज रौतहटका प्रखर चमार बक्ता पुनित राम चमार ,समाजका केन्द्रिय सदस्य उदय नारायण चमार , चमार विद्यार्थीका धुनुषाका राम किसोर चमार ,ईन्जीनियर भरत महरा चमार , चमार कल्याण समाज मलेसियाका महासचिव रामकिसोर मोची , कोषाध्यक्ष सुरेन कुमार चमार , सचिव सुरेश चमार ,सहकोषाध्यक्ष काशिराम हरिजन , सदस्यहरु सुबास चमार , सिकेन्द्र चमार लगाएतले आ आफनो सुझाव पेश गर्नु भएको थियो ।
कार्यक्रममा चमार कल्याण समाज मलेसिया शाखाका सह संयोजक विनोद राम चमार , विजय कुमार राम लगाएत सदस्यहरुले अनलाईन आउन प्रयास गरेपनि लिखित , भ्वाईस सन्देश मार्फत सुझावहरु दिनुभएको थियो ।