२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ चमार,डोम,मुसहर जातिका करिब ५ हजार युवाहरुलाई नेपाली सेनामा प्रवेश गराउनुपर्ने :- अध्यक्ष चमार

चमार,डोम,मुसहर जातिका करिब ५ हजार युवाहरुलाई नेपाली सेनामा प्रवेश गराउनुपर्ने :- अध्यक्ष चमार

रामकिसोर मोची

काठमाडौ । जातिय विभेद , छुवाछुत अन्त्यका लागि सारा चमार जातिहरु एकिकृत भएर अगाडी बढनुपर्ने नेपाली चमार अगुवाहरुले बताएका छन । चमार कल्याण समाज नेपाल केन्द्रिय समितिको आयोजनामा भएको यस बर्षको अन्तिम चमार जाति सम्बन्धि अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।

उनिहरुले अब राज्यसगं आफनो अधिकार पाउनका लागि अगामी बर्षको सुरुवात देखि नै नेपाल सरकारलाई विभिन्न मागहरु राख्दै हरेक जिल्लाबाट ज्ञापन पत्र दिने लगाएतका कार्यक्रमहरु गरिने बताएका छन ।

समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले नेपालमा मुस्लीम जातिहरुको भगवान नजन्मे पनि राज्यले उहाहरुको पर्बहरु आउदा सर्बजनिक विदा दिने , विभिन्न निकायमा आरक्षणलाई बढावा दिएको तर आफुहरुको धर्म गुरु सन्त रविदास जी महाराजको जन्मज्यन्तिको दिन राज्यले कुनै वास्ता नगरेको भन्दै गुनासो गर्नु भएको थियो । अध्यक्ष चमारले गुरु रविदास जातिय विभेद अन्त्यका लागि एसियान देशमा महात्वपुर्ण भुमिका खेलेकाले उहालई राज्यले सम्मान गर्नु पर्ने , नेपालमा भुमि अधिकारका लागि बलिदानी दिनुभएका स्वर्गीय बलदेव राम चमारलाई सहिद घोषणा गरि राज्यले नै उच्च सम्मान गर्नु पर्ने माग गरे ।

साथै नेपालमा सबै भन्दा उत्पीडनमा परेका चमार , डोम , मुसहर जातिका करिब ५ हजार युवा युवतीहरुलाई नेपाली सेनामा सामुहिक प्रवेश गराएर देशको सेवा गर्ने मौका दिनुपर्ने अध्यक्ष चमारले माग गर्नु भयो ।

उहाले भन्नु भयो जब सम्म नेपालमा विभेदमा पारिएका जाति चमार , डोम , मुसहरहरुको राज्यले उचित ब्यवस्थापन नगरेसम्म नेपाली समाज कहिल्यै परिवर्तन नहुने ठोकुवा समेत गर्नु भयो । भर्चुवत माध्यमबाट भएको कार्यक्रममा चमार कल्याण समाज रौतहट जिल्लाका प्रवक्ता पुनित चमार , समाजको शिक्षा विभागका प्रतिनिधि रामप्रवेश चमार , नेपाली कागेंस बारा जिल्लाकी महाधिवेशन प्रतिनिधि नैना चमार , चमार महिला कल्याण समाज रौतहटकी प्रतिनिधि अमेरिकाला मोची चमाईन , चमार कल्याण समाज सम्मरीमाई गाउपालिकाका अध्यक्ष सर्बेन्द्र हरिजन , चमार कल्याण समाज साउदी अरेवियाका संयोजक सुरेन्द्र महरा चमार , सिडब्लुएस मलेसिया शाखाका निति तथा अनुसन्धान विभागका प्रमुख रामबाबु महरा , कोषाध्यक्ष सुरेन महरा चमार , महासचिव रामकिसोर मोची , सक्रिय कार्यसमिति सदस्य रामईश्वर राम सर्लाही , सिडब्लु एस साउदी शाखाका सहसचिव रामबलि चमार , बरिष्ठ सल्लाहकार झप्सी महरा , अध्यक्ष जितेन्द्र चमार , कार्यसमिति सदस्य जग्गु महरा चमार ,कार्य समिती सदस्य सहदेव राम चमार तथा चमार कल्याण समाज नेपाल विधान समिति सदस्य एवमं चमार बुद्धजिवि मदन कुमार राम चमार लगाएतले आ आफनो धारणा राख्नुभएको थियो ।

सिडब्लुएस साउदीका महासचिव जिवन कुमार राम चमारको टेक्नीकल सर्पोटमा भएको कार्यक्रममापर्सा जिल्लाका तपसी चमार ,सिडब्लुएस मलेसिया टिमका सचिव सुरेश राम चमार , कार्यसमिति सुरेश चमार , मलेसिया शाखाका सल्लाहकार कमलेस राम चमार , चमार कल्याण समाज कतार शाखाका अध्यक्ष जगरनाथ चमार , प्रमुख सल्लाहकार कमलेस महरा , सचिव शिवशंकर महरा , अमरदिप महरा , महासचिव रमानन्द राम चमार लगाएतले अगामी नया बर्षको बारेमा शुभकामना मन्तब्य राखनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु