२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ मलेसियास्थित नेपाली दूतावासले रोक्यो एमआरपी पासपोर्ट नवीकरण

मलेसियास्थित नेपाली दूतावासले रोक्यो एमआरपी पासपोर्ट नवीकरण

मलेसियामा रहेको नेपाली दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको छ ।केही दिन भित्रै दूतावासबाट ई पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भइरहेको भन्दै दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको जनाएको छ ।

ई पासपोर्ट जारी गर्नका लागि विशेष प्रणाली जडान गर्नका लागि तयारीमा जुटेकाले दूतावासले एमआरपी पासपोर्ट नवीकरण तथा नयाँ बनाउने कार्य पनि रोकेको छ । 

तर केही दिनभित्रै पासपोर्ट नवीकरणको काम सुरु हुनेछ । नेपालबाट ई पासपोर्ट जारी हुन थालिसकेको र विदेशमा रहेको नेपाली नियोगबाट पनि छिट्टै ई पासपोर्टको आवेदन लिने तयारीमा दूतावासहरू जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु