२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ NES को अध्यक्षमा न्हसला तुलाधर र महासचिवमा श्रीकृष्ण खानाल चयन

NES को अध्यक्षमा न्हसला तुलाधर र महासचिवमा श्रीकृष्ण खानाल चयन

नेपाल इन्जिनियरिङ समाजले २०७९/०६/०३ गते एक कार्यक्रम बिच पुनर्गठन गरि नया कार्य समिति चयन गरेको छ।

NES को अध्यक्षमा न्हसला तुलाधर ( अर्बान प्लानर आर्किटेक) ,महासचिवमा श्रीकृष्ण खानाल, कोषाध्यक्षमा इ.बिकास महर्जन , … चयन गरेको हो।

कार्यक्रममा नेपाल समाजबादी पार्टिका अध्यक्ष पुर्ब प्रधानमन्त्री डा: बाबुराम भट्टराइ, ने. स. पा का बिदेश बिभाग प्रमुख इ. नहेन्द्र प्रधान , इ . रबिन्द्र यादब , तिमिला यामि थापा लगायत १०० जना भन्दा बढिको उपस्थिति भएको थियो।

भेलालाइ सम्बोधन गर्दै अध्यक्ष तुलाधरले NES को भुमिका र स्थापना काल देखि हाल सम्म गरेको कार्यको चर्चा र समिक्षा समेत गर्नु भयको थियो। हामी संग बाट केही साथीहरु टाढिनु भए पनि तराइ मधेसबाट धेरै साथिहरु जोडीन आउनु भएको छ।

संगठन पुनर्गठनले गर्दा हामी गुण र संख्या दुबै हिसाबले फाइदामा छौ।छुट्टीएर जाने साथिहरु लाई आचरणमा सुधार ल्याउन सल्लाह दिदै शुभकमना समेत अध्यक्ष तुलाधरले दिनुभएको थियो।


नेपाल इन्जिनियरिङ समाजका निवर्तमन अध्यक्ष देवनारायण यादव, सह-अध्यक्ष सन्जिव नारायण यादव लगाएत केही सदस्यहरु जनता समाजवादी पार्टी भन्दै हिंड्न थाले पछी नेपाल इन्जिनियरिङ समाज पुनर्गठन गर्न बध्य भएको महासचिव खनालले बताए।

संस्थाको निति नियम उलंघन गर्दै फकेबुकमा जथाभावी बोल्दै हिड्ने र पटकपटक संगठन मर्यादा नाघ्ने प्रवृत्तिले संगठनले ठिक दिशा लिन नसकेको आरोप समेत खनालले लगाएका छन।

त्यस्तै कार्यक्रममा इन्चार्ज निस्चल शर्मा , इ. रबिन्द्र यादब, लगायत बौद्धिक व्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो।

NES को उक्त भेलामा पुर्ब कार्य समितिको बहुमत सदस्य को उपस्थितिले NES लाई थप बलियो र ससक्त बनाएको समेत उपस्थित इन्जिनियर दिबस गिरिले जानाकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु