२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ एनआरएन साईप्रसको चुनाव धाधली :- जागौ नेपाल साईप्रस

एनआरएन साईप्रसको चुनाव धाधली :- जागौ नेपाल साईप्रस

युरोप , साईप्रस , गैरआवासीय नेपाली सघं साईप्रसको चुनावमा धाधली भएको भन्दै जागौ नेपाल राष्टिय प्रवास शाखा साईप्रसको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जागौ नेपाल साईप्रसकी अध्यक्ष सुशिला उप्रेती चुडालले आज शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन धाधली पुर्ण ढगंबाट भएको , आफुहरुसगं एथ्येष्ट प्रमाणहरु भएको भन्दै सत्य तथ्य विधि पद्धति सम्मत नभएको , एनआरएनए साईप्रसको नेतृत्व कुनै एक पार्टीको छत्रछायामा भएको आरोप लगाउनु भएको छ ।

निर्वाचन समितिका संयोजक , आईसिसि प्रतिनिधि समेत साईप्रसमा नरहेको , निर्वाचन प्रमुखले कुनै सबै उम्मेद्धवारहरुसगं छलफल नै नगरि निर्वाचन सारेको , एक पक्षिय कुनै एक डिभाईसबाट मत खसालिएको भन्दै अध्यक्षले चुडालले अपत्ति जनाउनु भएको छ ।

जागौ नेपाल साईप्रसको पुर्ण प्रेस विज्ञप्ती

निर्वाचन समितिले एक पक्षीय ढगंबाट काम गरेको , सफ्टवेयरले उपलब्ध गराउने जानकारी कुनै एक उम्मेद्धवारलाई मात्रै जिम्मा दिनु गैरकनुनी भएको जागौ नेपालले ठहर गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली सघंको चुनावले कुनै एक पार्टीको हाबी गराउनु भनेको सारा नेपाली श्रमिकहरुको धज्जीया उढाएको र घोषित समितिलाई सारा साईप्रसबासी श्रमिकहरुले अस्वीकार गरेको टेलिफोनमा अध्यक्ष चुडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु