२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ एनआरएन साईप्रसको अध्यक्षमा कुन्दन कार्की विजयी

एनआरएन साईप्रसको अध्यक्षमा कुन्दन कार्की विजयी

गैरआवासीय नेपाली सघं साईप्रसको पहिलो पटक भएको अनलाईन मार्फत भएको नबौ अधिवेशनबाट कुन्दन कार्की विजयी भएका छन । गत अगस्त २ र ३ तारिख भएको अनलाईन भोटिगं मार्फत अध्यक्ष र सात जना जना सदस्य पदका लागि चुनाव भएको थियो ।

साईप्रसमा ३५७ जना साधारण सदस्य रहेका मध्ये अनलाईन भोटमा ३३२ जना सदस्यहरुले भोटमा सहभागि भएकोमा नेपाली काग्रेस समर्थित नेपाली जनसम्पर्क समितिको खुल्ला समर्थनमा कुन्दन कार्कीलाई २४० भोट पाएर विजय हासिल गर्नु भएको हो भने उहाको प्रतिद्धन्दी सरस्वती खनाल तिमिल्सीना ९२ भोट पाएर पराजित हुनुभएको छ ।

निर्वाचन कमिटिका प्रमुख सुरेश कुमार साहका अनुसार यस अघि बरिष्ठ उपाध्यक्षमा किष्मत पौडेल , उपाध्यक्ष पदमा राजन श्रेष्ठ र सिता माया तमागं , महासचिवमा राधा पोख्रेल , सचिवमा कसैको कसैले उम्मेद्धवारी नदिएको , कोषाध्यक्षमा सरु नेपाल , सहकोषाध्यक्षमा अजित गुप्ता , युवा संयोजकमा रबि प्रसाद चौरसीया , र महिला संयोजकमा पिंगला गौतम निर्विरोध रुपमा निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

साथै सदस्य पदमा १४ जना उम्मेद्धवारहरु मध्ये सात जनाका लागि भएको भोटिगंमा सबै भन्दा बढि प्रकास बराईली , दोस्रोमा नानु गुरुगं , तेस्रोमा बिना थापा , चौथोमा कर्चुगं डोमा , पाचौमा सुरज सहानी , छैठौमा बिन्दु दुलाल अचार्य , र सातौमा कल्पना कोईराला घिमिरे निर्वाचित हुनुभएको शाहले हामीलाई टेलिफोन मार्फत जानकारी दिनुभयो ।

कसले कति भोट पाए त ?

पराजित अध्यक्ष पदकी सरस्वती खनाल तिमिल्सीनाले यो निर्वाचनमा धाधली भएको भन्दै सत्य तथ्य पत्ता लगाउनका सम्बन्धित सबै निकायसगं माग गर्नुभएको छ । खनाल आफु नेपाली जनसम्पर्क समिति साईप्रसकी निर्वतमान महामन्त्रि नभई स्वतन्त्र रुपमा विभिन्न समाजिक , जातिय सघंसस्था एवमं विभिन्न श्रमिकहरुको साथ सहयोगमा चुनाव लडेकोले आफनो हार नहुने उहाले प्रतिक्रिया दिनु भयो ।

उता विजयी हुनुभएका अध्यक्ष कार्कीलाई फोनबाट सम्पर्क गर्न खोज्दा सम्पर्कमै आउन मानेन। अब कसरी यहा रहेका सघंसस्था एवमं समस्यालाई उजागर गर्नु हुन्छ त भन्ने सवालको जवाफ समेत दिएनन् ।

विभिन्न सघंसस्थाद्धारा एनआरएनको चुनावमा राजनितिक भएको आरोप..

साईप्रसमा रहेका स्थापित दर्जन भन्दा बढि समाजिक एवमं जातिय सघंसस्थाहरुले एनआरएनए साईप्रसको चुनावमा कुनै एक राजनितिक पार्टीमय भएको आरोप लगाएका छन । सघंसस्थाका प्रतिनिधिहरुले यो चुनावमा निर्वाचन कमिटिको कमजोरी , नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालको ठाडो हस्तक्षेप भएको भन्दै आरोप लगाएका छन ।

नेजससकी सभापतिको ठाढो आदेश..

अहिलेको एनआरएन साईप्रसमा नेपाली राजनिति घुसेकोले यहा रहेका नेपाली समुदायका महिलाहरु , श्रमिकहरु लगाएत विद्यार्थीहरुको समस्या समाधानमा गर्नका लागि पहलको बदला राजनिति बढि हुने देखिएको एक सस्थाकी अध्यक्षले अरोप लगाउनु भयो । साईप्रसमा रहेका विभिन्न समाजिक एवमं जातिय सघंसस्थाहरु श्रमिकहरु , विद्यार्थीहरु एक भएर आफनो लागि आफै कार्य गर्ने र परेको खण्डमा आफुहरु सदा सहयोग गर्न तयार रहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु