गृहपृष्ठ प्रहरीद्धारा हत्या गरिएका चमारलाई न्याय दिलाउनका मधेशका जिल्लामा दलितहरुद्धारा शनिवार पनि प्रदर्शन जारी
प्रहरीद्धारा हत्या गरिएका चमारलाई न्याय दिलाउनका मधेशका जिल्लामा दलितहरुद्धारा शनिवार पनि प्रदर्शन जारी

रौतहट जिल्लाको गरुणा नगरपालिकाको हत्याकाण्डलाई लिएर आज शनिवार पनि दलित समुदायहरुले देशको विभिन्न जिल्ला , गाउ गाउहरुमा प्रर्दशन गरेका छन ।
केही दिन पहिला दलित युवा निरन्जन चमारको उहाकै मालिकहरु मिलेर घाटी रेटि हत्या गरेपछि नेपाल प्रहरीले जमिन्दारलाई बचाउनका लागि निदोर्ष युवाहरुलाई हिरासतमा लिई अत्याधिक यातन दिएर अर्का युवा विजय चमारलाई मारेको भन्दै दलितहरुका विभिन्न जातिय एवमं सयुक्त दलित सर्घष समितिहरुले कहि जिल्ला प्रहरी कार्यलय घेराउ गरेका छन भने कहि कोण सभा, ईलाका प्रहरी कार्यलय घेराउ , गाउ गाउमा हत्याराहरुलाई कारवाहीका लागि प्रर्दशन गरेका हुन ।
गरुणा प्रहरीले विजय राम चमारलाई आफनो हिरासतमा लिई बुटले कुटेर , करेन्ट लगाएर अत्याधिक चरम यातना दिएको भनी हिजो पोष्टमार्टम रिर्पोट आएपछि दलित अधिकारकर्मी, चमारअधिकारकर्मी, मानवअधिकारकर्मी लगाएतहरुले हत्यामा संलग्न दोषी प्रहरी डिएसपि ज्ञान कुमार महतो लगाएतलाई राज्यले हिरासतमा लिई कारवाही नगरे सम्म आन्दोलन झन चर्काउने चेतावनी दिदै प्रदर्शन गरिरहेका छन ।
रौतहट जिल्लाकोईलाका प्रहरी कार्यलय गरुणा अगाडी आज लगभग आठौ हजारको संख्यामा चमार , दलितहरुले घराउ गरि प्रर्दशन गरेको दलित संघर्ष समिति रौतहटका संयोजक एवमं चमार कल्याण समाजका सोनेलाल चमारले जानकारी दिए ।
संयोजक चमारका अनुसार ईप्रका अगाडि शनिवार निरन्जन चमार , विजय चमारको हत्याराहरुलाई फासी नदिए सम्म आन्दोलन निरन्तर गरिने र घेराउ गरिने चेतावनी दिएका छन । साथै प्रहरी कार्यलय अगाडि आधा घण्डा सबै आन्दोलनकारीहरुले धर्नामा बसेको संयोजक चमारले बताए ।
उता यही घटनालाई लिएर बहुजन समाज परिषदको नेतृत्वमा सर्लाही जिल्लाको सदरमुकाम मलंगवा , हरिवन लगाएतका क्षेत्रहरुमा चमार कल्याण समाज नेपाल , विएसपी महिला , पुर्ब संसाद रामप्रित पासवान , सुरेन्द्र पासवाल लगाएतहरुले चमार हत्याकाण्डमा दोषी सबै प्रहरीलाई कारवाही हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन ।
दलितहरुको प्रदर्शनमा जिल्ला प्रहरी कार्यलय रौतहटले आन्दोलनलाई दबाउनका लागि प्रहरी परिचालन गरेकोमा पिस फर दलित फाउण्डेशनले घोर विरोध गर्दै हत्यारा पुलिसलाई कारवही नभएसम्म आफुहरुको आन्दोलन नरोकिने जानकारी दिनुभएको छ ।
त्यस्तै नेपाल प्रहरीका डिएसपीलाई कारवाही हुनुपर्ने भन्दै दलित सघंर्ष समितिका प्रदेश २ संयोजक चन्द्रेश्वर दासको नेतृत्वमा भएको प्रदशर्नलाई जनकपुर प्रहरीले केही घण्टा रोकेको र सभा पनि गर्न नदिएको पत्रकार रामएकबाल महराले जनाकारी दिए ।
महराका अनुसार केही महिना पहिला धनुषा प्ररहीले शम्भु सदालाई हिरासतमा लिई फासी लगाएर हत्या गरेको र फेरि विजय चमारलाई रौतहट प्रहरीले हत्या गर्नु भनेको ठाडो चमार ,गरिब दलितहरु माथि राज्यको संयन्त्रनै लागेको अरोप लगाए ।
यता रुपन्देहीको सम्मरीमाई गाउपालिका , कपिलबस्तु , नवलपरासी पश्चिम लगाएतका जिल्लाहरुमा चमार कल्याण समाज नेपाल , दलित समाजिक विकास केन्द्र , रुपन्तरणका लागि दलित युवा समुह , दलित सघं लगाएतले विरोध गरेका छन ।