नेपाली कांग्रेस गुल्मी जिल्ला सम्पर्क समिति काठमाडौंको सभापतिमा खरेल
- नमुना नेपाल
- 11 Nov, 2024
नेपाली कांग्रेस गुल्मी जिल्ला सम्पर्क समिति काठमाडौंको सभापतिमा कृष्ण प्रसाद खरेल निर्विरोध निर्वाचित भएका छन्।
कात्तिक २४ गते सम्पन्न सातौं अधिवेशनले खरेललाई निर्विरोध निर्वाचित गरेको हो।
सभापतिमा अर्का दुइ प्रत्यासी योगराज कंडेल शर्मा र विष्णु प्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएर सभापतिमा खरेललाई समर्थन गरेका थिए।
नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत रहेका खरेल राजनितीमा विगत लामो समय देखि सक्रिय रहदै आएका छन्।
सामाजिक ,कल्याणकारी कार्यमा पनि अग्रभावमा रहेर खटिने खरेलले बाढी ,पहिरो ,दैविक विपत्ति ,प्राकृतिक प्रकोपमा परेका मानिसहरुको पनि उद्धार ,राहातमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्।
४ बर्षे कार्यकालका लागि निर्वाचित खरेललाई नमूना नेपाल परिवारको तर्फबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
Leave a Reply
Your email address will not be published. Required fields are marked *