२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ चमारहरुको कतारमा सम्पन्न भेलाले पाण्डव चमारको अध्यक्षतामा २१ भन्दा बढि सदस्यीय चमार कल्याण समाज कतार समिति गठन

चमारहरुको कतारमा सम्पन्न भेलाले पाण्डव चमारको अध्यक्षतामा २१ भन्दा बढि सदस्यीय चमार कल्याण समाज कतार समिति गठन

नेपालमा उत्पीडनमा परेका चमार समुदायहरु प्रवासी देश कतारमा शुक्रवार एक भेला गरेर पाण्डव महरा चमारको अध्यक्षतामा २१ सदस्यीय चमार कल्याण समाज कतार गठन गरिएको छ ।

जसको उपाध्यक्षमा जगरनाथ राम , सचिवमा श्री नारायण राम , कोषाध्यक्षमा लक्ष्मी राम , सहसचिवमा रामउदगार महरा चमारलाई सर्बसम्मतले चयन गरिएकोछ भने सदस्यहरुमा श्री प्रसाद चमार , कृष्ण महरा , राजु प्रसाद चमार , प्रमोद कुमार महरा , कृष्ण कुमार चमार , रन्जित चमार , राजकिसोर चमार , विष्णुदेव महरा , सुरेन्द्र कुमार महरा , सन्जिव मरहा , देबेन्द्र महरा , शिवनाथ चमार , रामभरोस चमार लगाएतलाई सर्बसम्मतले चयन गरिएको समाजका कतार संयोजक रामएकबाल महरा चमारले जानकारी दिनुभयो ।

त्यस्तै चमार कल्याण समाज कतारको पहलिो बैठकबाट कृती चमार महरालाई सल्लाहकारमा चयन गरिएको संयोजक रामएकबालले बताए । कतारको एसियन टाउन ग्राण्ड मल्लमा संघ आवद्ध प्रवास कमिटी कतारले पछाडि पारिएका चमार एवम् समग्र दलित समुदायहरुको अधिकार स्थापनासहितका विषयमा छलफल भएको संघका अध्यक्ष पाण्डव महराले जानकारी दिए ।

अध्यक्ष महराका अनुसार नेपालमा रौतहटका विजय राम र निरन्जन रामको परिवारलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । राहतकै लागि हालसम्म ११ सय ३ कतारी रियाल संकलन भएको र संकलन कार्य जारी रहेको जनाएको छ ।

आगामी अक्टुबर १६ का दिन संकलन भएको रकम संघ तर्फबाट सहयोग गरिने अध्यक्ष महराले बताए । संघका सल्लाहकार कृति महराले समाजिक, आर्थिक र राजनितिक रुपमा आफुहरुलाई विभेदमा पारिएकोले एकिकृत भएर विभेदविरुद्ध अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु