गृहपृष्ठ दलित समुदायहरु माथि भईरहेको हत्याको विरुद्धमा कतारमा विरोध तथा अन्र्तक्रिया
दलित समुदायहरु माथि भईरहेको हत्याको विरुद्धमा कतारमा विरोध तथा अन्र्तक्रिया

नेपालमा भईरहेको दलित समुदायहरु माथि नरसंहार हत्या र दमनको विरुद्ध प्रवास स्थित दोहा कतारबाट शुक्रबार श्री सल्हेश एकता मञ्च नेपालले गम्भीर ध्यानाकर्षण विरोध तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
दोहा कतारको ग्राण्ड मल्लमा विभिन्न कम्पनीबाट आएका दर्जनौं दलित श्रमिकहरुले आ आफ्नो विरोध मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्ष एवम् संस्थाको सदस्य रामउदगार रामले देशमा निरन्तर दलितहरुमाथि भइरहेको योजनाबद्ध हत्या, हिंसा र बलात्कारको घोर भत्सर्ना गरेका छन्।
पछिल्लो चरणमा देशको विभिन्न जिल्लामा दलितहरूमाथी जातीय छुवाछूत,विभेद हत्या हिंसाको घटनाहरु बढिरहेको देखिन्छ।तर पनि तिनै तहको सरकारले त्यस्ता घटना नियन्त्रणमा खासै ध्यान नदिएको र दलितहरुमाथी यस्ता एक पछि अर्को गरि भैरहेको नरसंहार घटना विरुद्ध संघर्ष जरुरी रहेको कार्यक्रमको प्रमुख अतिथि एव श्री सल्हेश एकता मञ्च नेपालको अध्यक्ष दुर्गानन्द पासवानले बतानु भयो। देश भरिमा दुई दर्जन भन्दा बढी दलित चेलीबेटी र युवाहरुको हत्या भएको दुस्ख व्यक्त गर्दै उनले कार्यक्रममा सहभागी सम्पूर्ण दलित समुदायका श्रमिकहरुलाई सजेत पार्दै कार्यक्रम स्थलमा समपुर्ण मृतक आत्माको चिर शान्तिको कामना गर्दै मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
सिरहाको लहान नगरपालिका १कृष्णटोल मटियर्वाका रोशन राम ,सप्तरी जिल्लाको त्रिभुवन राम सप्तरीका सुक्देब मण्डल बिराटनगरका राकेश ऋषि देब सदा,धनुषाको राजुु सदा,शम्भु सदा,रौतहटका निरंन्जन कुमार राम, सुमित्रा बैठा,बिजय कुमार राम,जाजरकोटका नबराज बिक ,रुपन्देही का अंगिरा पासी कैलालीका रोशन वि क लगायतका मृतहरुलाई सहिद घोषणा गर , डिस्पी ज्ञान कुमार महतोलाई कार्वाही गर ,पीडित लाई न्याय देउ , हत्यारालाई कार्बाहि होस,लगायतका नाराहरु राखी कतार सरकारले लगाएको नियमलाई पालन र मध्य नजर राखदै कार्यक्रममा उपस्थित सबैले माक्स लगाएर एक आपसमा समाजिक दुरी कायम गरि कार्यक्रम सप्पन्न गरेको संस्थाको सदस्य संजय कुमार पासवानले जानकारी दिनुभयो।