गृहपृष्ठ रौतहटमा फेरि चमार युवाको घाटी काटेर हत्या , दोषीलाई कडा कारवाही गर्न चमार कल्याण समाजको माग
रौतहटमा फेरि चमार युवाको घाटी काटेर हत्या , दोषीलाई कडा कारवाही गर्न चमार कल्याण समाजको माग

आईतवार विहान करिब ६ बजे रौतहट जिल्लाको मध्यभाग गरुडा नगरपालिका वडा न. ८ जिगंडियाका नन्दलाल चमारका छोरा अन्दाजी १८ ,१९ बर्षीय निरन्जन चमारको घाटी रेटेर (काटेर) हत्या गरिएको छ ।
निज चमारको लाश शिवानी पेट्रोल पम्प को पछाडि करीब ५०० मीटर पूर्ब र जिङ्गडिया गाऊँको पश्चिम तिरको टोल नजिकै उत्तर तीर बनेको नया सड़क को छेउमा फालिएको अवस्थामा विहान स्थानिय महिलाहरुले देखेपछि उहाको परिवारलाई खबर गरेका थिए।
प्रारम्भिक चरणमा चमारको घाटी काटिएपनि अलिकति छाला जोडिएको ईलाका प्रहरी कार्यलय गरुडाका डिएसपि ज्ञान कुमार महतोले जानकारी दिएका छन । डिएसपि महतोका अनुसार मृतक चमारको धारिलो हथियारले घाटी काटिएको अवस्थामा आफुहरु शव फेला पारेको बताए।
चमारको हत्यामा संलग्न दोषीहरुका बारेमा अनुसन्धान भैरहेको डिएसपि महतोको भनाई छ भने मृतक चमारका बुवा नन्दलाल चमारले आफनो छोराको हत्याराहरुलाई कडा भन्दा कडा कानुनी कारवाही गराई दिनका लागि सबै सरोकारवाला , राज्यसँग माग गरेका छन।
यता चमार कल्याण समाज नेपालले यसरी हरेक दिन नेपालमा दलित समुदायहरुलाई कहिले जातिय छुवाछुतको नाममा हत्या , कहिले छोरी चेलीलाई बलत्कार आदी दिन प्रतिदिन बढिरहेकामा अत्यन्त खेत प्रकट गर्दै घटनामा संलग्न जो सुकैलाई कारवाहीको लागि माग गरेको छ।
समाजका संयोजक दिनेश चमारले आज एक प्रेस विज्ञप्ती जारी गर्दै मृतक चमारको हत्यामा संलग्न दोषीहरुलाई यथासिघ्र पक्राउ गरि कारवाही गर्न माग गर्नुभएको छ । संयोजक चमारले नेपाल सरकारले हामी दलितहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नसके अब यो घटनालाई अन्तर्राष्ट्रियकरण गर्न हामी बाध्य हुने आफनो प्रेस विज्ञप्तीमा उल्लेख गर्नुभएको छ।
साथै चमारले दलित समुदायहरु माथि भैरहेको हत्या हिसांको बारेमा नेपाल सरकारले छुट्टै सेल स्थापना गरि कडा कानुनी कारवाही को विल ल्याएर विभेद गर्ने , वा हत्या गर्नेहरुलाई मृत्यदण्डको ब्यवस्था गर्नुको साथै नेपालमा भैरहेको दलित समुदाय सम्बन्धि हत्या , हिसां , अत्याचारको विरुद्धमा सारा दलित , मानवअधिकारकर्मी , सरोकारवाला निकायहरु एक भएर बोल्न लडनका लागि अपिल गरेका छन।