२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ रौतहट जिल्लाका क्रिकेटर मुकेश चमारलाई सिडब्लुयस मलेसिया शाखाद्धारा बधाई ज्ञापन

रौतहट जिल्लाका क्रिकेटर मुकेश चमारलाई सिडब्लुयस मलेसिया शाखाद्धारा बधाई ज्ञापन

रौतहट । जिल्लाको राजदेबी युवा क्लबमा अबद्ध चमार जातिका युवा क्रिकेटर खेलाडी मुकेश (मुन्ना)ले ब्रिन्दाबन नगरपालिकामा भएको मेयरकपमा सर्बाधिक रन बनाई विजय गराएकोमा चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज मलेसिया शाखाले उहाको टिमलाई बधाई दिएको छ ।

समाजका महासचिव रामकिसोर मोची चमारले नमुना नेपालसगं कुरागर्दै नेपालमै सबै भन्दा पिछाडिएको , आर्थिक , शैक्षिक , समाजिक रुपमा बाहिस्कृतमा परेको चमार जातिका युवाले नेतृत्व गरेको खेलकुद टिमले मेयर कप जित्नु भनेको समाज परिवर्तनको एक सम्बाहक भएको बताउनु भयो ।

महासचिव मोचीले राजदेबी युवा ब्लबका अध्यक्ष आसिष पटेलको अध्यक्षतामा भएको खेलमा मुकेश चमार म्यन आफ दि म्याच पाउनुभएको र ११९ रनले उहाको टिम विजयी भएको जानकारी दिनुभयो । क्रिकेट म्यचमा जिल्लाका नौ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु