२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ गुरु रबिदासको जन्म उत्सवको अवसरमा नेपाल सरकारले सर्बजनिक विदा दिनुपर्ने माग

गुरु रबिदासको जन्म उत्सवको अवसरमा नेपाल सरकारले सर्बजनिक विदा दिनुपर्ने माग

रौतहट जिल्लामा रहेका सारा उत्पीडित चमार जातिहरु एकिकृत हुनका लागि भएर अधिकारका लागि लडनुपर्ने रौतहटबासी चमार अगुवाहरुले अहवान गरेका छन ।

उनिहरुले रौतहट जिल्लामा राज्य पक्षबाट विजय राम चमारको हत्या , जिल्लाकै जमिन्दारहरुद्धारा निरन्जन राम चमार लगाएतहरुको हत्या हुदा समेत नेपाली राज्य सत्ता मौन भएको आरोप लगाउदै सारा चमारहरु एकिकृत भएर न्यायका लागि लडनुपर्ने बताएका थिए ।

चमार जातिहरुको कुल देवता गुरु रविदासको ६४४ औ जन्म उत्सवको अवसरमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा न. ८ सन्तपुरमा चमार जातिहरुको विशाल भेलामा सो कुरा बताएका हुन ।

स्थानिय रविदास मिसन नेपालको आयोजना तथा चमार कल्याण समाजको संयोजनमा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्य एवमं चमार अगुवा विक्रम महरा , चमार कल्याण समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकास राम चमार ,समाजका केन्द्रिय सदस्य उदय नरायण चमार, गुजरा नगरपालिकाका कार्यपालिका सदस्य एवमं समाजका प्रमुख पुनित राम चमार , चमार कल्याण समाज नेपाल रौतहट जिल्लाका अध्यक्ष सोनेलाल चमार , चमार युवा समाजका प्रतिनिधि मदन कुमार राम चमार लगाएतले रौतहट जिल्लामा चमार जातिहरुलाई राज्यले हरेक तवर तरिकाले विभेद गरिरहेको बताउनु भएको थियो ।

साथै उहाहरुले बर्तमान प्रदेश दुई सरकारले दलित विकास समिति गठन गरेर चमारजातिहरुको अपमान गरेकोले सो निर्णयलाई सच्चाउनका लागि प्रदेश सरकारसगं सहभागिहरुले माग समेत गरेका छन ।

साथै चमार जातिका कुल देवता गुरु रविदासको जन्म उत्सवको अवसरमा नेपाल सरकारले सर्बजनिक विदा दिनुपर्ने चमार अगुवाहरुले जोडदार माग गरेका छन । कार्यक्रममा जिल्लाभरी रहेका सारा चमार जातिहरु चमार कल्याण समाज नेपालमा सहभागि भएर जातिय विभेद विरुद्धमा अवाज बुलन्द गर्नका लागि आफुहरु अहवान गरेको के.उपाध्यक्ष ओमप्रकास राम चमारले बताउनु भएको थियो ।

रौतटह जिल्लामा चमार जातिहरुको अधिकारका बारेमा चमार कल्याण समाज सदैव अग्रपत्तिंमा रहेर कार्य गर्न सक्षम रहेकोले सारा चमारहरु साझा संगठन चमार कल्याण समाजमा समाहित हुन सबैलाई अहवान आफुहरु अहवान गरेको चमार अगुवा पुनित चमारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु