रौतहट हत्याकाण्डका चमार पिडित परिवारलाई चमार कल्याण समाज अमेरिकाको आर्थिक सहयोग

नेपाली राज्य सत्ता द्धारा हत्या गरिएको रौतहट जिल्लाका विजय चमार र गैरदलितहरुद्धारा हत्या गरिएका निरन्जन चमारको परिवारलाइृ चमार कल्याण समाज अमेरिकाले ५० हजार आर्थिक सहयोग गरेको छ ।

चमार कल्याण समाज नेपालको अहवानमा राज्यद्धारा पिडित बनाईएका परिवारलाई जनही २५ हजारका दरले समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार चमारको अगुवाई तथा रौतहट जिल्लाका अध्यक्ष सोनेलाल चमार र केन्द्रिय सदस्य उदय नरायण चमारको रोहबरमा गरुणामै गएर सो रकम हस्तान्तरण गरिएको चमार युवा समाजका केन्द्रिय उपाध्यक्ष सत्तो चमारले जानकारी दिनु भएको छ ।

पिडित विजय र निरन्जन चमारको परिवारलाई भेटदै केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रले अब चमारहरुलाई कुनै राज्य सत्ता वा अन्य गैर दलितहरुले दमन गर्यो भने त्यसको बदला लिन आफुहरु पछि नपर्ने बताएका थिए ।

साथै विजय चमार र निरन्जन चमारको हत्यारालाई राज्यले कारवाही नगरे आफुहरु कारवाही गर्न तयार रहेको भन्दै राज्यले यथासिघ्र हत्याराहरुलाई कारवाही गर्नु पर्ने माग गरेका थिए । चमार समुदायहरु माथि दिनहु भोज भतेर , वा सर्बजानिक निकाय , आदि ठाउमा दिनहु जातिय विभेद भैरहेको भन्दै अब सबै चमार समुदायहरु भाई भाई होऔ भन्दै एकिकृत हुन अहवान गर्नु भएको छ ।

यसका साथै प्रदेश २ मा चमारहरुको जनसंख्या सबै भन्दा बढि रहेको भन्दै राज्य सरकार र केन्द्र सरकारले आफुहरुलाई जातिय विभेद गरेकोमा चमारले दुख ब्यक्त गरेका थिए ।

चमार कल्याण समाज रौतहट जिल्लाका संयोजक सोनेलाल चमारको अध्यक्षतामा भएको राहत कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार्र एवमं दलित आयोगका पुर्ब सदस्य सेवल चमार ,चमार कल्याण समाज सिरहाका संयोजक उचित चमार , केन्द्रिय सदस्य उदय नरायण चमार राम लगाएतले अब सबै चमारहरु भाई भाई , आफनो परिवार हो भन्दै एकिकृत भएर न्यायका लागि लडने प्रतिबद्धता जनाएका छन ।

रौतहट जिल्लामा दलित चमारहरुलाई मात्रै अहिले गैर दलितहरुले प्रमुख निशाना बनाई हत्या गरिरहेको भन्दै आफुहरुलाई सहयोग गर्न विश्व भरमा रहेका चमारहरुले सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रमको संचालन चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य कुलेश्वर चमारले गर्नु भएको थियो भने स्वागत केन्द्रिय सदस्य उदयनरायण चमारले गर्नु भएको थियो ।

यस्तै विजय चमार र निरन्जन चमारको परिवारलाई अगामी दिनमा चमार कल्याण समाज प्रवासी कमिटिहरुले सहयोग गर्न आतुर रहेको भन्दै सबै चमारहरु एकिकृत भएर अधिकारका लागि लडनुपर्ने चमार कल्याण समाज अमेरिकाका संयोजक अमिरि मोचीले अहवान गर्नु भएको छ ।

चमार कल्याण समाज अमेरिकाका संयोजक मोचीको नेतृत्वमा प्रवास कमिटि सदस्य दिपक मोची , सुरेन्द्र महरा , राजाराम महरा ,सुरेन्द्र राम ,सन्तोष महरा लगाएतले अमेरिकामा ५० हजार रुपैया संकलन गरि पिडित परिवार समक्ष पुगाएका हुन ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु