२०७८ वैशाख २० गते सोमवार | May 03, 2021

Bharat Poudel

गृहपृष्ठ एनआरएनएको दोस्रो मोबाईल ब्लड बैकं सुदुरपश्चिम प्रदेशका लागि रुपन्देही समाज साईप्रसद्धारा आर्थिक सहयोग

एनआरएनएको दोस्रो मोबाईल ब्लड बैकं सुदुरपश्चिम प्रदेशका लागि रुपन्देही समाज साईप्रसद्धारा आर्थिक सहयोग

दिनेश गौतम
युरोप ,साईप्रस
, युरोपियन देश साईप्रसमा केही महिना स्थापना भएको रुपन्देही समाजले आफनो पहिलो सहयोग एनआरएनएद्धारा सन्चालित मोबाईल ब्लड बैकं सुदुरपश्चिमलाई गरेको छ ।

साईप्रसमा लुम्बिनी प्रदेशबाट धेरै नेपालीहरु घरेलु श्रमिकको रुपमा कार्यरत रहेको र महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अझै प्रचार प्रसार गर्ने , समग्र लुम्बिनी प्रदेश , रुपन्देही जिल्लालाई विकास निमार्ण , दुखि गरिबहरुलाई सहयोग गर्ने उद्देश्यले रुपन्देही समाज गठन गरिएको छ ।

समाजकी संयोजक जानु अधिकारकी कार्कीका अनुसार जिवनमा सबै भन्दा जरुरी एक मानिसले अर्को मानिसलाई बचाउने , सहयोग गर्ने भएकोले आफुहरुको पहिलो सहयोग सारा नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सघं साईप्रसका प्रमुख संरक्षक सुबास मल्ल मार्फत ब्लड बैकंका लागि रु १५ हजार सहयोग गरेको जानकारी दिनुभयो ।

विश्वले चिन्दै आएको लुम्बिनी रुपन्देही जिल्लामै रहेको , विभिन्न ठुल्ठुला तारे होटल , पर्यटकीय स्थलहरु प्रयाप्त रहेको , विकास निमार्णमा अगाडी रहेको रुपन्देही जिल्लाको अझै केही ठाउहरुमा विकास निमार्ण , गरिबका छोराछोरीहरु स्कुल जानबाट बन्चित भएकोले आफुहरु सदैव उहाहरुलाई सहयोग गर्ने सह संयोजक बिभा गहतराजले बताउनु भयो ।

साईप्रसमा रहेका रुपन्देही बासी , लुम्बिनी प्रदेशबासीहरुलाई समेत रुपन्देही जिल्लाले धेरै सहयोग गरिरहेको ,सबैको आगमन रुपन्देही जिल्ला नै भएकोले सबैलाई रुपन्देही समाजसगं जोडिनका लागि अर्की सह संयोजक सिता भट्टराईले आग्रह गर्नु भएको छ ।

रुपन्देही जिल्लामा अन्तरराष्टिय स्तरको विमानस्थल निमार्णधिन अवस्थामा रहेको , बुद्धलाई अझै सारा नेपालीहरुले साईप्रसमा पनि प्रचार प्रसार गर्दै लुम्बिनीमा यहाका लोकल मानिसहरुलाई समेत भ्रमण गर्न उत्साहित गर्नुपर्ने अर्की सह संयोजक सरस्वती न्यौपाने पाण्डेको आग्रह रहेको छ ।

रुपन्देही समाज साईप्रसमा हाल सम्म २९ जना सदस्यहरु जोडिनु भएको र अगामी दिनहरुमा अन्य सबै रुपन्देहीबासीहरुलाई जोडिने प्रयास भैरहेको महासचिव खुम रेश्मी मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु