गृहपृष्ठ रुपन्देही जिल्लाको रोहीणी गा.पा.बाट कृष्ण मुरारी हरिजनले उम्मेद्धारी दिए..
रुपन्देही जिल्लाको रोहीणी गा.पा.बाट कृष्ण मुरारी हरिजनले उम्मेद्धारी दिए..

रुपन्देही जिल्लाको रोहीणी गाउपालिकामा पहिलो पटक वडाध्यक्षमा नेपाल सरकारको ४० बर्ष सेवा गरेका एक जनाले उम्मेद्धवारी दिएका छन । नेपाल राष्ट्को स्वस्थ्य सेवा बिभागमा रहेर हिमाल , पहाड , तराई मधेशमा दिन रात जनताहरुको सेवा गर्नुभएको नेपाली चमार जातिहरुबाट सिनियर कर्मचारी कृष्ण मुरारी चमार हरिजनले वडाध्यक्ष पदमा उम्मेद्धवारी दिनुभएको हो ।
रोहीणी गाउपालिकामा हरेक दुखमा साथ दिएका ६५ बर्षिय कृष्ण मुरारी चमारलाई नेपाल जनता पार्टीले टिकट दिएर चुनावी मैदानमा उतारेको हो । वडाध्यक्ष पदका उमेद्धवार चमारले आज नमुना नेपाल डटकमसगं कुराकानी गर्दै आफु रोहीणी गाउ पालिकाको वडाध्यक्षमा चुनाव लडेपनि सारा जिल्ला , गाउपालिकालाई देशकै नमुनाको रुपमा लिएर जाने बताउनु भयो ।
गाउपालिकाको सम्बन्ध अन्तरराष्टिय स्तरमा लगेर , पर्यटकीय क्षेत्रमा महत्वपुर्ण कदम लिने , स्थानिय स्तरमा बैदेशिक लगानी भित्र्याउन , निशुल्क शिक्षा , स्वास्थ्य , किसानलाई मलखादको ब्यवस्था , सिचाईको लागि युरोपियन प्रविधिबाट जाच गराएर सिचाईको ब्यवस्था गरिने बताउनु भयो ।

उहाले गाउघरमा किसानहरुको सबै भन्दा बढि समस्या सिचाई , मलखाद र स्थानिय तहमा उत्पादन भएका समानको बाजारीकरण रहेकोले अब यस्तो समस्याको अन्त्य गर्न आफु सक्षम रहेको बताउनु भयो । साथै गाउ घरमा जातिय विभेद , गरिब चमार , दलित समुदायहरुलाई स्थानिय उच्च जातकाहरुले हेप्ने प्रबृत्तिको अन्त्य गर्न , कानुनी लडाई लडेर ईन्साफ दिलाउन छु्ट्टै समिति बनाउने लगाएतका प्रतिबद्धता जनाउनुभएको छ ।