२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ रुपन्देहीको जिगिना गाउमा ६१ सदस्यीय चमार समाज गठन , अध्यक्षमा ओम प्रकास रैदास

रुपन्देहीको जिगिना गाउमा ६१ सदस्यीय चमार समाज गठन , अध्यक्षमा ओम प्रकास रैदास

समाजिक , आर्थिक एवमं राजनैतिक हिसाबले उत्पीडनमा पारिएको चमार समुदायहरुको एक भेलाले रुपन्देहीको सम्मरी माई गाउपालिका वार्ड न. ४ जिगिनामा ओम प्रकास रैदासको अध्यक्षतामा ६१ सदस्यीय चमार कल्याण समाज गाउ कमिटि गठन गरेको छ ।

जसको उपाध्यक्षमा तारामति चमार ,कोषाध्यक्ष कृष्ण कुमार चमार ,सचिव अनिल कुमार चमार , सहसचिव प्रिया चमारलाई सर्बसम्मतले चयन गरेको छ भने सदस्यहरुमा राजेश्वरी हरिजन , धर्मेन्द्र हरिजन ,हरिमोहन हरिजन ,मायादेबी रैदास , सुनिल हरिजन , रिता हरिजन , राजकुमार हरिजन , लल्लु चमार ,घोलर चमार , संजय चमार , रामकेश हरिजन , रेखा चमाईन , विष्णु चमार , बाबुलाल चमार ,जानकी चमाईन , प्रभा चमाईन , महिमा कुमारी हरिजन ,प्रमोद चमार ,उमेश हरिजन , गुन्ज हरिजन , राज हरिजन , निर्मला हरिजन , मिरा हरिजन , शान्ति चमार , नन्दलाल चमार , गायत्री चमार , शिव कुमार हरिजन , राम प्रसाद हरिजन , अनिल कपुर हरिजन , दुखि हरिजन मानकी चमाईन , ईशरावती चमाईन , पुजा चमाईन , शैलेन्द्र चमार लगाएतलाई सर्ब सम्मतले चयन गरिएको निरिक्षक ओमप्रकास रैदासले जानकारी दिए ।

चमार कल्याण समाज नेपालको केन्द्रिय कार्यक्रममा बमोजिम हरेक गाउ गाउमा चमार समुदायहरुलाई एकिकृत गर्ने अभियान अन्र्तगत रुपन्देहीमा लगातार आफुहरु निरन्तरता दिईरहेको सम्मरीमाई गाउपालिकाका संयोजक सबेन्द्र कुमार हरिजनले जानकारी दिए ।

चमार समाज गाउपालिकाका संयोजक हरिजनका अनुसार रुपन्देही जिल्लाको सम्मरीमाई गाउपालिकामा आफुहरुको जनसंख्या बढि भए पनि यहा रहेका सरकार एवमं गैरसरकारी निकायहरुमा चमार समुदायहरुको प्रतिनिधित्व एकदमै न्युन रहेको र विकासका नाउमा गाउपालिकाले सारा चमार समुदायहरु माथि विभेद गरिरहेको आरोप लगाए ।

संयोजक सर्बेन्द्रले चमार समुदायहरुको बस्तिहरुमा गाउपालिकाले रोड , बालबालिकाहरुलाई पोषणको कार्यक्रम , लगाएत विभिन्न आयोजनाहरुमा चमार समुदायहरुलाई सहभागिता नगराए आफुहरु गाउपालिका लगाएत जिल्लामा आन्दोलन गर्न बाध्य हुने बताए ।

समिति गठन कार्यक्रममा सहसंयोजक नरेन्द्र हरिजन , बुद्धजीवि धमेन्द हरिजन लगाएतको उपस्थिति रहेको थियो ।

नेपालमा उत्पीडनमा पारिएका चमार समुदायहरुलाई एकिकृत गर्नका लागि चमार कल्याण समाज नेपालले हरेक जिल्ला जिल्ला लगाएत गाउ , नगर , देश विदेशहरुमा समेत शाखा विस्तार गर्दै अधिकारका लागि वकालत गर्न , चमार समुदायका गरिबहरु सहयोग गर्न सधै तयार रहेको समाजका केन्द्रिय संयोजक दिनेश चमारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु