गृहपृष्ठ रुपन्देहीमा छोरीलाई ‘किस’ गरेको भन्दै वडा अध्यक्षले युवकलाई कालो मोसो दलेर गाऊ घुमाए..
रुपन्देहीमा छोरीलाई ‘किस’ गरेको भन्दै वडा अध्यक्षले युवकलाई कालो मोसो दलेर गाऊ घुमाए..

छोरीलाई ‘किस’(चुम्बन) गरेको भन्दै एक वडा अध्यक्षले एक युवकलाई चरम यातना दिएका छन्।
रुपन्देहीस्थित सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सत्यनारायण केवटले छोरी जिस्काएको निहुँमा बब्लु केवटलाई चरम यातना दिएको घटना सार्वजनिक भएको छ।
बुधबार बिहान वडाध्यक्ष केवटको नेतृत्वमा २२ वर्षे बब्लु केवटलाई कालोमोसो दलेर कुटपीट गर्दै गाउँ डुलाइएको छ। वडाध्यक्ष सत्यनारायण र युवक बब्लुको घर नजिकै छ।
वडा अध्यक्षकी छोरीले बुधबार एउटा सानो बच्चा खेलाइरहेको बेला बब्लुले आफूलाई किस गरेको उनको दाबी छ। तर, बब्लुले आफूले बच्चालाई किस गरेको बताएका छन्।
कुटपीटका कारण बब्लुको कान, नाक र मुखबाट रगत आएको छ। ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक अमृत भण्डारीले घटनाको पुष्टि गरेका छन्। वडाध्यक्ष सत्यनारायण केवट र युवक बब्लु केवटलाई सोधपुछ गरी छाडिएको जानकारीसमेत भण्डारीले दिए।
वडाध्यक्ष केवटले आफ्नी छोरीमाथि दुव्र्यबहार भएको थाहा पाएपछि कालोमोसो लगाएको स्वीकार गरेका छन्।