२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ मर्चवारी गाउपालिका ३ मा चमार समाज गठन , अध्यक्षमा सोरख चमार

मर्चवारी गाउपालिका ३ मा चमार समाज गठन , अध्यक्षमा सोरख चमार

नेपालमा सबै भन्दा महादलित चमार समुदायहरुको हक अधिकार , न्यायमा पहुच , विकास , समानुपातिक समाबेशी अधिकार स्थापना गर्नका लागि रुपन्देहीको मर्चवारी गाउपालिका वडा न. ३ मा सोरख चमारको अध्यक्षतामा एक सय भन्दा बढिको चमार कल्याण समाज गाउ कमिटि गठन गरिएको छ ।

जसको उपाध्यक्षमा शशिकला चमार , कोषाध्यक्षमा असोक चमार , महासचिवमा राम नरायण चमार र सचिवमा त्रियोगी चमारलाई सर्ब सम्मत रुपले चयन गरिएको निरिक्षक संजय चमारले जानकारी दिएका छन ।

यस्तै गाउ कमिटिको सदस्यहरुमा बजरगंबली हरिजन , सोरख हरिजन , बिकाश हरिजन , प्रेमा हरिजन , रामप्रित हरिजन , शैलेन्द्र हरिजन , पुनिता चमाईन , अमेरिका चमार , उषा चमार , ज्योति चमार , चन्द्रिका हरिजन , बिनय हरिजन , कान्ति चमार , सुमिन्तरा चमार , गनपत हरिजन , पुष्पा हरिजन , कशलावती चमार , शान्ति चमार , बबिता चमार , औधराज चमार , मुल्लुर चमार , पकंज चमार ,सोभावती चमार ,प्रमसिला चमार , हरिहर हरिजन , पप्पु चमार , ममता चमार , शिला चमार , सुधा चमार , सन्तराम चमार , सुबास चमार , अशोक हरिजन , ईन्द्रजित हरिजन , गुजराती चमार , आशा चमार , अशिश चमार , नेहा चमार पुनिता चमार लगाएतलाई सबैसम्मत रुपले कार्यसमितिको सदस्यमा चयन गरिएको निरिक्षक चमारले बताए ।

चमार कल्याण समाज सम्मरी माई गाउपालिकाका संयोजक सबेन्द्र हरिजनको प्रमुख अतिथ्यता तथा समाजसेबी संजय चमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपालमा चमारहरुलाई गैरदलित समुदायहरुले अत्याधिक जातिय विभेद गरिरहेको र त्यसका विरुद्धमा आफुहरु अवाज उठानका लागि गाउ गाउबाट आफुहरुले कमिटि बनाउन सुरुवात गरिएको रुपन्देही जिल्ला संयोजक राजु हरिजनले जानकारी दिएका छन ।

जिल्ला संयोजक हरिजनका अनुसार अब रौतहट हत्याकाण्ड , र कैलाली जिल्लामा दलित युवाहरुलाई प्रहरीद्धारा हत्या गरिएकोमा घोर बिरोध गर्दै हत्यामा संलग्न प्रहरीहरुलाई कारवाही गर्न माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु