२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ रुपन्देहीको मायादेबी गाउपालिकामा ९३ सदस्यीय चमार कल्याण समाज गठन

रुपन्देहीको मायादेबी गाउपालिकामा ९३ सदस्यीय चमार कल्याण समाज गठन

चमार समुदायलाई एकिकृत गर्ने उद्देश्यले रुपन्देही जिल्लाको माया देबी गाउपालिका वार्ड न. ५ मा चमार कल्याण समाज गाउ कमिटि गठन गरिएको छ ।

चमार समुदायहरुको हकहित , राज्यको हरेक निकायमा जनसंख्याको आधारमा पुर्ण समानुपातिक समाबेशी सहभागिता , चमार समुदायको संस्कृतिलाई जगेर्न गर्ने उद्देश्यले चमार कल्याण समाजको केन्द्रिय कार्यक्रममा अन्र्तगत समाजिक दुरी कायम गरि भएको भेलाले सुनिल हरिजनको अध्यक्षतामा ९३ सदस्यीय गाउपालिका स्तरिय समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सुरजमति हरिजन , कोषाध्यक्षमा अशोक हरिजन , सचिवमा प्रदिप हरिजन ,सह सचिवमा मिना कुमारी चमाईनलाई सर्बसम्मतले चयन गरेको छ भने सदस्यहरुमा सुबास हरिजन , मोहन हरिजन ,दिपेन्द्र हरिजन , राजाराम हरिजन ,बिन्द्रवाती हरिजन , सोनी हरिजन , झिनक चमार , माया हरिजन , लेखपाल चमार , पुजा चमार ,प्रदिप हरिजन , शिला चमाईन ,लक्ष्मण हरिजन, मनिषा हरिजन , टुनमुन चमार ,प्रियकां हरिजन ,राजेन्द्र चमार , मोलहु चमार ,मुनिराम चमार , गनेश चमार , बेचन चमार , अमरजित हरिजन , राजेश चमार , दिपक चमार , लोहारी हरिजन लगाएत सदस्य रहनु भएको सचिव प्रदिप हरिजनले जानकारी दिएका छन ।

चमार कल्याण समाज सम्मरीमाई गाउपालिकाका संयोजक सर्बेन्द्र हरिजनको प्रमुख अतिथ्यता एवमं सहसंयोजक नरेन्द्र हरिजनको विशेष पहल तथा अकलेश हरिजनको निरिक्षणमा समिति गठन गरिएको सचिव हरिजनले बताए ।

भेलाका प्रमुख अतिथि सर्बेन्द्र हरिजनका अनुसार आफुहरु पहिला रुपन्देही जिल्लामा रहेका हरेक चमार बस्तिमा स्वस्फुर्त रुपमा चमार कल्याण कमिटि गठन गरिरहेको , आफनो अधिकारका लागि अब आफै लडनका लागि आफुहरु तयारी गरिरहेको बताए ।

चमार कल्याण समाज नेपालले अहिले हरेक जिल्लाको गाउ गाउमा रहेका सारा चमारहरुको समिति बनाउने र दलित समुदायहरु माथि भैरहेको हिसां विभेदका विरुद्ध संगठनिक रुपमा लागेर सबै दलित समुदायका संघंसस्थाहरुसगं सहकार्य गरेर अगाडी बढिरहेको समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु