२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ रुपन्देहीको सम्मरीमाई गाउपालिकामा चमारहरुद्धारा विरोध सभा

रुपन्देहीको सम्मरीमाई गाउपालिकामा चमारहरुद्धारा विरोध सभा

नेपालमा दलित समुदायहरु माथि भैरहेको दमनको विरोधमा आज रुपन्देहीको सम्मरीमाई गाउपालिकामा चमार कल्याण समाज नेपाल गाउ कमिटिले विरोध गरेको छ ।

चमार समाज गाउपालिकाका संयोजक सर्बेन्द्र कुमार हरिजनको नेतृत्वमा गाउपालिका स्तरिय दलितहरु माथि भैरहेको हत्या , महिलाहरुलाई बलत्कार , जातिय विभेद अन्त्य , बाकेमा अबोध बालकको हत्या लागाएतका विभिन्न माग गर्दै विरोध गरिएको वडा न. चारका अध्यक्ष ओम प्रकास रैदासले जानकारी दिए ।

अध्यक्ष रैदासका अनुसार पहिला नेपालको प्रदेश न. २ मा दिनहु चमार , दलितहरु माथि हत्या हिसां भैरहेको र अब लुम्बिनी प्रदेशमा पनि त्यस्तै घटना घटनु भनेको राज्यले अपराधीहरुलाइृ कहि संरक्षण गरिरहेको जस्तो आफुहरुलाई लागेको बताए ।

चमार समुदायहरुको अधिकारका लागि सम्मरीमाई गाउपालिकाले कुनै चासो समेत नदिएको , एकल महिलाहरुलाई भत्ता , घर निमार्ण , बाटोघाटो नबनाएको सबै चमार समुदायहरुले अरोप लगाएका छन ।

गाउपालिका अध्यक्षले चमार समुदायहरुलाई उपेक्षा गरिरहेकोले अब गाउपालिकाको विरुद्धमा समेत विरोध कार्यक्रमहरु गरिने संयोजक सबेन्द्र हरिजनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु