२०७९ असोज ९ गत आइतवार | September 25, 2022

Bharat Poudel

गृहपृष्ठ सप्तरीको सुरुगां नगरपालिकामा चमार कल्याण समाज गठन , अध्यक्षमा जोखन चमार

सप्तरीको सुरुगां नगरपालिकामा चमार कल्याण समाज गठन , अध्यक्षमा जोखन चमार

चमार कल्याण समाज नेपाल सप्तरी जिल्लाको सुरुगां न.पा. वडा न. ५ कुशाहामा जोखन चमारको नेतृत्वमा २१ सदस्यीय चमार कल्याण समाज वडा कमिटि गठन आज गठन गरिएको छ ।

जसको उपाध्यक्षमाज्ञानी देबी चमाईन , सचिव श्रवण राम , सहसचिव उमेश राम र कोषाध्यक्ष नेतीलाल चमारलाई सर्बसम्मतले चयन गरिएको छ । यस्तै वडा कमिटिको सदस्यहरुमा सुरेश राम , जोगिन्द्र चमार , देविन चमार , अरविन चमार , अरुन चमार , सुखैर चमार , घुरन चमार , रामस्वरुप चमार दुर्गानन्द चमार , मोतीलाल चमार , रमानन्द चमार , देवानन्द चमार , तुल्सी चमार , महिन्द्र चमार ,संगम राम पल्टु राम चमार , अजय चमार , राजेश चमार लगाएत रहनु भएको छ।

चमार कल्याण समाज नेपाल सुरुगां नगरपालीकाका ईन्चार्ज सुरज राम चमारको प्रमुख पहल एवमं चमार कल्याण समाज नेपालका केन्द्रिय संयोजक दिनेश चमारको विशेष आग्रहमा वडा कमिटि बनाईएको हो ।

नगरपालिकामा चमारहरुलाई एकिकृत गरेर अधिकारका लागि आफुहरु लडने र समाजको उत्थानका लागि सदैव प्रयास गरिहरेको न.पा.ईन्चार्ज सुरज राम चमारले जानकारी दिए ।

नेपाल भर सबै भन्दा बढि उत्पीडनको सिकार चमार समुदायहरु भैरहेकोले अब यसको प्रतिकार गर्न , जातिय विभेद अन्त्य गर्न, समाजिक , आर्थिक एवमं राजनितिक रुपमा चमार समुदायहरुलाई सबल बनाउनका लागि चमार कल्याण समाज नेपाल , आईसिसि टिमले विशेष काम गरिरहेको आईसिसि संयोजक अमिरी चमारले जानकारी दिए ।

चमार कल्याण समाज नेपालले हरेक जिल्लाहरुको गाउ गाउमा अब छिट्टै प्रशिक्षण कार्यक्रम आयोजना गर्न गैरहेकोले सबै चमार समुदायहरु आ आफनो गाउ घर वा टोलमा टिम बनाएर समाजको केन्द्रिय टिम वा जिल्ला स्थिति टिम लिडरहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको समाजका केन्द्रिय प्रशिक्षण विभाग प्रमुख एवमं केन्द्रिय सदस्य राजदेव चमार (राजेश विद्रोही)ले जानकारी दिए ।

यतासमाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकास चमारले नेपालमा चमार समुदायहरुको मानवअधिकारको अवस्था अत्यन्त नाजुक रहेको , नेपाली राज्य सत्ताले चमार समुदायहरुलाई वस्ता नगरेको , स्थानिय जनप्रतिनिधिहरुबाटै जातिय विभेद भैरहेकोले यस तर्फ सबै समुदायहरुले मानवताको धर्म निभाएर विभेद अन्त्य गर्न सबै पक्षहरुसगं आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु