गृहपृष्ठ सप्तरीमा फेरि एक दलितको हत्या , सांसद देखि सघंसस्थाद्धारा घोर विरोध
सप्तरीमा फेरि एक दलितको हत्या , सांसद देखि सघंसस्थाद्धारा घोर विरोध

सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा न. ३ बस्ने बर्ष ४२का त्रिभुवन चमारको मोही जग्गा जितेको निहु पारेर गैरदलितहरुले हत्या गरि नदिमा फालि दिएकोमा चमार कल्याण समाज नेपालले घोर अपत्ति जनाएको छ ।
समाजका केन्द्रिय संयोजक दिनेश चमारले समाजकै फेसबुक पेजबाट त्रिभुवन चमार स्थानिय जमिन्दारहरुको जग्गाको मोही जिते पछि हत्या गरिएको उहाको परिवारलाई उदृत गर्दे उल्लेख गर्नु भएको छ ।
संयोजक चमारले यसरी दिन प्रतिदिन हाम्रो समुदायहरुलाई चुनेर हत्या ,हिसां एवमं विभेद जस्ता जघन्य कार्य नरोकिए कडा आ आफनो ठाउबाट प्रतिकार गर्न सबै दलित समुदायहरुलाई अनुरोध गरेका छन ।
साथै नेपाल सरकार र स्थानिय सरकारहरुको संरक्षणमा दलितहरु माथि दिनहु भैरहेको अत्याचारको विरोध गर्न समाजिक संजाल देखि लिएर अदालत सम्म , राजधानी देखि लिएर गाउ गाउ सम्मका सबैले विरोधका कार्यक्रम गर्न आग्रह गरिएको जानकारी दिनुभएको छ ।
उता राष्टिय सभाका पुर्ब सासंद रामप्रित पासवानले आज एक प्रेस ज्ञिाप्ती जारी गर्दै शम्भुनाथ नगरपालिकामा गैरदलितहरुद्धारा त्रिभुवन चमारको हत्या गरिएकोमा घोर आपत्ति जनाउनु भएको छ ।
सांसद पासवानले पछिल्लो समयमा नेपालमा दलितहरु माथि श्रृंखलाबद्ध रुपमा हत्या , हिसांहरु बढिरहेको बताउदै मृतक त्रिभुवन चमारलाई राज्यले क्षतिपुर्ति सहित अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउने पर्ने माग गर्नु भएको छ ।
उहाले जनताको जीउधनको सुरक्षा प्रदान गर्न नसक्ने निरीह र नश्लवादी सरकारको यो देशमा कुनै औचित्य नरहेकोले नैतिकताको आधारमा अविलम्ब राजीनामा दिन समेत जोडदार माग गर्नु भएको छ ।
साथै सांसद पासवानले दलितमाथि एकपछि अर्को गरि भैरहेको नरसंहार को विरुद्ध आरपारको लडाइँ लडन तयार रहन आम न्यायप्रेमी जनसमुदायलाई आह्वान गर्दै सबैले सहयोग गर्न आग्रह गर्नुभएको हो ।
त्यस्तै हत्या गरिएका त्रिभुवन चमारको हत्याराहरुलाई कारवाही नगरिए फेरि सडक संघर्ष गर्न आफुहरु तम तयार रहेको बहुजन राष्टिय परिषद नेपाल , दलित जनमत सघं , चमार कल्याण समाज सिरहा , सप्तरी ,खत्वे समाज धनुषा , राष्टिय मुसहर समाज , दलित अगुवा चन्द्रेश्वर दास , डा. दिलीप मुसहर लगाएत समाजिक सघंसस्थाका प्रतिनिधिहरु जानकारी दिएका छन ।