२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ दम्माम एलसीसी साउदीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने

दम्माम एलसीसी साउदीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने

खेलकुद बिकासमा नेपाली गैर नेपाली संघ स्थानीय समन्वय समितीले दम्माम मा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। ‘तपाइहरूको सहभागिता हाम्रो सफलता’ “नेपाली खेलाडीहरूको कला र प्रतिभाको पहिचान एनआरएनए साउदीको अभियान ” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ स्थानीय समन्वय समिति दमाम , साउदी अरेवियाले मे २ तारिखमा खुल्ला भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्न लागेको हो।

सूचना जारी गर्दै संघले सम्पूर्ण खेलाडीले प्रतियोगितामा सहभागी भइ आफ्नो कला र प्रतिभा लाई प्रदर्शन गर्न हुन सम्पुर्ण खेलाडी साथी भाईलाई प्रतियोगितामा सहभागिता जनाउन समेत आयोजक दम्माम एलसीसीका अध्यक्ष हरी थापाले अनुरोध गरेका छन् । प्रतियोगिता मे २ तारीख देखि दमाम ९१ को अलओजामी कम्पनीको पछाडि पट्टी रहेको खेल मैदानमा खेलाइने छ। प्रतियोगितामा टिम दर्ता गर्नका लागि ०२ मे २०२२ बेलुका ५ बजे भित्र गरिसक्नुपर्ने आयोजकले जानकारी दिएको छ।

जसमा टिम दर्ताका शुल्क तोकिएको छ । जसमा साउदीको सा रि ३ सय तोकेको छ। प्रतियोगिता संचालनका खेलका नियमहरु सार्वजनिक गरेको छ्स। जसमा प्रत्येक प्रतियोगितामा नेपाली खेलाडीले मात्र सहभागिता हुन पाउने, खेलाडीले आफ्नो र समानको सुरक्षा स्वयम आफैले गर्नुपर्ने , टिम दर्तामा सूचिकृत भएका खेलाडीहरूले मात्र प्रतियोगितामा खेल्न पाउने ,टिममा अतिरिक्त खेलाडि र टिम क्याप्टेन समेत गरी जम्मा १० खेलाडी हुनुपर्छ । दर्ता भएका टिमहरूले मात्र खेलमा सहभागित जनाउन पाउने र खेलमा कुनै बिवाद आएमा अन्तिम निर्णय निर्णायक मण्डल तथा रेफ्रिको हुने जानकारी दिएको छ।

प्रतियोगिताको च्याम्पियन अर्थात विजेता टिमले २,०००.०० सा.रि. , खसी ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । भने उपविजेता उने टिमले १,३५०.०० सा.रि.ट्रफी , प्रमाणपत्र मेडल मा चित्त बुझाउने छन् । यसैका साथै प्रतियोगिताको तृतिय हुने टिमले पनि ७५०.०० सा.रि. ट्रफी , प्रमाणपत्र मेडल को समेत व्यवस्था रहेको आयोजकले बताएको छ। कार्यक्रममा साउदी सरकारले गैर कानुनी कुनै पनि कार्य नगर्न र मादक पदार्थलाई समेत पुर्णरुपमा निषेधित गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु