२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ साउदीमा मृत्युभएका लालबहादुरको शव नेपाल पठाईयो .

साउदीमा मृत्युभएका लालबहादुरको शव नेपाल पठाईयो .

जिवन कुमार राम ।
साउदीअरेविया साउदी अरेवियाको बुरादा एरियामा हृदयघात भई मृत्युभएका महोत्तरी जिल्लाका लाल बहादुर चमारको शव हिजो स्वदेश पठाईएको छ । चमार कल्याण समाज साउदी अरेवियाको विशेष पहल एवमं नेपाली राजदुतावास साउदीको समन्वयमा उहाको शव आज विहिवार परिवारलाई बुझाईएको हो ।

समाजका संयोजक सुरेन्द्र महराका अनुसार लाल बहादुर विगत १५ बर्ष देखि साउदीमा कार्यरत रहेको बताउदै आफुहरु विशेष ताकेता गरि शवलाई स्वदेश पठाउन सफल भएको जानकारी दिनुभयो ।

मृतक लाल बहादुरका परिवारहरु

मृतक लाल बहादुरको दुई छोरा , दुई स सना भाईहरु , एक श्रीमती र बृद्ध आमा बुवा रहेको समाजका महासचिव जगजिवन कुमारले नमुना नेपाललाई जानकारी दिनुभयो । महासचिव जगजिवनका अनुसार मृतक लाल बहादुरको महोत्तरी जिल्लाको भगंहा नगरपालिका वडा न. ३ स्थायि घर भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु