गृहपृष्ठ सिरहामा मुसहर युवालाई ज्यान मार्ने प्रयास ,एउटा खुट्टा भाचिदिए गैरदलितहरुले
सिरहामा मुसहर युवालाई ज्यान मार्ने प्रयास ,एउटा खुट्टा भाचिदिए गैरदलितहरुले

सिरहा
सिरहाको कल्याणपुर नगरपालिका वडा न. १ अर्नमा बनिनियामा एक मुसहर युवालाई ज्यान मार्ने उद्देश्यले मोटरसाईकलले सोही गाउमा गैरदलित युवाले कुल्चेर खुट्टा भाचिदिएका छन ।
भुमिहिन होरिल मुसहरले बर्षौ देखि बनिनिया गाउमै एैलानी जग्गामा बसोबास गरिरहेकालाई सोही गाउ बस्ने सुनिल मण्डल र असोक मण्डलले केही महिना पहिला देखि नै एैलानी जग्गा कब्जा गर्ने धम्की दिदै आएको गाउले दलित बस्तिहरुको भनाई छ ।
दुर्घाटनाबाट घाईते भएका मुसहरको मिर्चैयाको अस्पतालमा उपचारका लागि लगिएको उहाको परिवारको भनाई छ ।
बनिनिया गाउका जमिन्दार मण्डलहरुले सो गाउमा बर्सौ देखि गरिब भुमिहिन दलितहरुलाई उठिबास गराउने नभए ज्यान मार्ने धम्की दिने , वा दलित समुदायका युवाहरुलाई जबरजस्ती कुनै न कुनै फर्जि केश बनाएर फसाएर उनिहरुको जग्गा कब्जा गर्ने गरेका स्थानियहरुले आरोप लगाएका छन ।
गाउका मण्डलहरुले बनिनिया अर्नामा गाउमा रहेका दलितहरुलाई केही बर्षो देखि धाक धम्की दिने क्रममा आईतवार मुसहरलाई जानी जानी मार्ने उद्देश्यले मण्डलले दुर्घाटना गराएको घाईते मुसहरको परिवारले आरोप लगाएको छ भने दुर्घाटना गर्ने दुबै मण्डलहरुलाई र मोटरसाईकल ईलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएको जनाएको छ ।