२०७७ चैत २८ गते शनिवार | April 10, 2021

Bharat Poudel

गृहपृष्ठ प्रदेश दुईका दलित विकास समितिका उपाध्यक्ष बैठाले दलित महिलालाई अश्लील शब्द प्रयोग गरे

प्रदेश दुईका दलित विकास समितिका उपाध्यक्ष बैठाले दलित महिलालाई अश्लील शब्द प्रयोग गरे

प्रदेश दुई सरकारले हालै गठन गरेको दलित बिकास समिति समाबेशी नभएको भन्दै विरोध चलिरहँदा जनता समाजबादी पार्टीका केही नेताहरुको स्वार्थपुर्तिका लागि नवनियुक्त कार्यकारी उपाध्यक्ष रामप्रवेश बैठाले दलित महिलालाई नै अशलील शब्द प्रयोग गरेका छन्।

उपाध्यक्ष बैठाले जसपाकै महिला नेतृ ललिता दास तत्मालाई समाजिक संजालबाटै अश्लील शब्दको प्रयोग गर्दै गाली समेत गर्नु भएको पीडित दासले नमुना नेपाललाई जानकारी दिनुभयो । पीडित नेतृ दास आफु महिलाहरुको अवाज बुलन्द गर्न ,महिलाहरुको अधिकारका बारेमा पार्टी लगायत सबै ठाऊमा उठाईरहेको बताउदै दलित महिलाहरुको पार्टीमा एकदम न्यून उपस्थिति भएको लगायतका मुद्दाहरु उठाउदै आएको बताउनु भयो।

दासले जसपाकै दलित कोटाबाट उपाध्यक्ष भएका बैठा मधेशको जमिन्दार भएर नियुक्त भएको बताउनु भयो। पीडित दासले हिजो सिरा जिल्लामा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष बैठाले दलित विकास समितिबाट राजिनामा दिनुपर्ने , आफु लगायत सारा दलित समुदायहरुसँग माफी माग्नुपर्ने लगायत माग गर्नु भयो।

दलित नेता भएर दलित महिलालाई अपमान गरिनु भनेको बैठामा उच्च अहंकार पैदा भएको भन्दै घटनाको सत्य -तथ्य छानविन गरि बैठालाई कारवाही गर्नुपर्ने दलित मुक्ति महासघं प्रदेश दुईका सचिव डा. दिलिप मुसहरले माग गर्नु भएकगरी।

दलित भित्रको वास्तवीक पीडितहरुलाई न्याय दिनुपर्ने बेलामा जसपाले जमिन्दारहरुलाईनै सरकारी नियुक्ती दिएको , दलितको नाममा आएको बजेट , पैसा , सुविधा सबै उपाध्यक्ष बैठाले खाने गरेको तर दलित समुदायको हकहितका लागि केही काम नगरेको पिडित दासको आरोप छ । मधेशमा विगत ६ महिनामा छब्बिस भन्दा बढि दलितहरुको हत्या हुदा उपाध्यक्ष केही नबोली पार्टीले सरकारी नियुक्ती दिनु दुर्भग्य भएको दलित अगुवाहरुले बताएका छन्।

दलित समुदायहरुको अवाजलाई बुलन्द गर्नुपर्नेमा दलित विकास समितिका उपाध्यक्ष बैठाले उल्टै दलित महिलालाई बेईज्जत गर्नु भनेको सारा दलित समुदायका छोरी चेलीहरुलाई अपमान गरेको चमार कल्याण समाजको युवा प्रतिनिधि मदन रामचमारले बताउनु भयो। प्रदेश सरकारले बनाएको दलित विकास समिति समावेशी नै नभएको ,त्यसमा पनि जसपाले जमिन्दार बैठालाई उपाध्यक्ष बनाउनु भनेको सारा दलितहरुको मुद्दा सखाप पारेको चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य उदयनरायण चमारले बताउनु भयो।

उपाध्यक्ष बैठा मधेशी दलित विरोधी समेत भएकोले उहाले एउटा महिलालाई यस्तो निच किसिमको शब्द प्रयोग गरेकोले प्रदेश सरकारले यथासिघ्र बैठालाई विकास समितिबाट राजिनामा गराएर कानुनी कारवाहीका लागि सिफारिस गर्नुपर्ने केन्द्रिय सदस्य चमारले माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु