२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ तमु समाज साईप्रसद्धारा मिगौला पिडितलाई आर्थिक सहयोग

तमु समाज साईप्रसद्धारा मिगौला पिडितलाई आर्थिक सहयोग

तमु समाज साईप्रसले नेपालको बेसीसहरका एक मिर्गौला पिडितलाई २८ हजार भन्दा बढि आर्थिक सहयोग गरेको छ ।

तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंका अनुसार बेसीसहर युल्सा हयोद गुम्बाका मेतर गुरुगं दारीलामको दुबै मिर्गौला फेल भएपछि आर्थिक सहयोग गरेको जानकारी दिएकी छिन ।

अध्यक्ष गुरुगंका अनुसार साईप्रसमा रहेका विभिन्न दिदीबहिनीहरुको सानो रकम संकलन गरेर मिर्गौला पिडितलाई सहयोग गरिएको र अगामी दिनमा पनि जुन सुकै समुदायका पिडितहरु भएमा आफनो समाज सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

बेसिसहरका मिर्गौला पिडितको अवस्था अत्यन्तै नाजुक रहेकोले साईप्रसबाट प्रिया गुरुगं , सिम्रन गुरुगं , कृष्णा गुरुगं , उमा गुरुगं , सुनिता , आशा , लक्ष्मिता गुरुगं , अप्सरा गुरुगं , रिना गुरुगं लगाएतले आर्थिक सहयोग गर्नु भएकोमा सहयोगी मनहरु अध्यक्ष धाना गुरुगंले धन्यबाद समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु