२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ तमु समाज साईप्रसद्धारा ल्होसार कार्यक्रम सम्पन्न

तमु समाज साईप्रसद्धारा ल्होसार कार्यक्रम सम्पन्न

निकोसिया , साईप्रस , युरोपियन देश साईप्रसमा तमु समाजले नया सालको आगमनसगैं गुरुङ पर्व तोल्हो (बाघ वर्ग)लाइ बिदाइ गर्दै हि ल्हो (बिरालो) वर्ग लाइ स्वागत गर्दै ल्होसार कार्यक्रम भब्यताका साथ मनाएको छ । समाजकी अध्यक्ष नानु तमुको अध्यक्षता तथा अवैतानिक बाणिज्य दुतावास साईप्रसका प्रमुख डा.रामजिपवन पन्जियारको प्रमुख अतिथ्यतामा साईप्रसको निकोसिया सहरमा सो कार्यक्रम मनाईएको हो ।

कार्यक्रममा विभिन्न सघंसस्थाका प्रतिनिधिहरु , तमु समुदायका सबै सदस्यहरु, गैर तमुहरुको सहभागितामा कोरोना पछिको पहिलो पटक भब्यताका साथ कार्यक्रम मनाईएको अध्यक्ष नानुले जानकारी दिनुभयो ।

उहाका अनुसार सारा तमुहरुको साझा संगठन तमु समाज साईप्रस प्रवासमा रहेका नेपालीहरुको सुख दुखमा साथ दिनुका साथै विभिन्न समाजिक कार्यहरु गर्दै आएको बताईन । कार्यक्रममा उपस्थिति भएका सबै प्रतिनिधि , नेपाली समुदायहरुलाई अध्यक्ष तमुले धन्यबाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु