गृहपृष्ठ बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार
बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार

एक जना बेलायती नागरिकले पोर्चुगलको बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरेका छन्। बेजाको त्रिन्ददेमा शनिवार राति उनीहरुबिच बिबाद हुदा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।
छुरा प्रहारबाट घाइते भएका दुबै पोर्चुगाली नागरिकको बेजा अस्पतालमा उपचार भईरहेको छ।
प्रहरीका अनुसार बेलायती नागरिकको घरपालुवा कुकुरले पोर्तुगाली नागरिकको भेडामाथि आक्रमण गरेको थियो। यही बिषयमा उनीहरुबिच नजिकैको कफी पसलमा भनाभन भयो।
भनाभनले उग्र रुप लिदै गयो र अन्तमा २९ बर्षीय बेलायती नागरिकले ५० बर्ष र ६२ बर्षका दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरे।
छुरा प्रहार गर्ने बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्। उनलाई छिट्टै अदालतमा उपस्थित गराइने जीएनआर प्रहरीले जनाएको छ।