२०७८ माघ १२ गते बुधवार | January 26, 2022

Bharat Poudel

गृहपृष्ठ अमेरिका निवासी समाजिक अभियन्ता क्षेत्रीद्धारा ६० घर मुसहर परिवारलाई न्यानो कपडा वितरण

अमेरिका निवासी समाजिक अभियन्ता क्षेत्रीद्धारा ६० घर मुसहर परिवारलाई न्यानो कपडा वितरण

पर्सा , चिसो मौसमका कारणले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ३का मुसहर सुमदाय कठयन्ग्री रहेको बेला संयुक्त अधिराज्य अमेरिका निवासी समाजिक अभियान्ता अमर क्षेत्रीले ६० घर परिवारलाई न्यानो कपडा वितरण गर्नु भएको छ ।

स्थानिय पिसफोर दलितस फाउन्डेसन नेपाल पर्साको सहजिकरण तथा अमर क्षेत्रीको आर्थिक सहयोगमा सो सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष मनोज राम चमारले जानकारी दिनुभयो । उहाका अनुसार पर्सा जिल्लाको दलित समुदायको पनि दैनिकी जीवन कष्टकर भएकोले मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

अध्यक्ष रामका अनुसार यस कौवाबन गाउँ टोलको मुसहर समुदायको बालबालिका तथा बुढापखाहरु संग जाडोको लागि कपडा रहेकोे छैन । आर्थिक अवस्था कमजोर भएकोले समस्य भएको बताए । मनोजका अनुसार समाजिक अभियान्ता क्षेत्री यस अघि पनि दलित समुदायको लागि घर निर्माण कार्य आर्थिक सहयोग गर्नु भएको थियोे ।

साथै अर्को दलित समुदायको बिरामी बच्चालाई उपचारको लागि आर्थिक सहयोग गर्नु नमुना नेपाल डटकमलाई जानकारी दिनुभयो । कार्यक्रम अध्यक्ष दलित दबाब समुहको अध्यक्ष जयलाल महरा चमारको अध्यक्षता , प्रमुख अतिथि गौदम देवी , अतिथि पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य पारमान्द राम , अशोक रामको उपस्थित रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु