२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ संसारभर रहेका नेपाली विद्यार्थीहरुलाई एनआरएनएको निशुल्क सदस्यतासगैं नेतृत्व तहसम्मै पुगाउनेछु :- डा. बद्री केसी

संसारभर रहेका नेपाली विद्यार्थीहरुलाई एनआरएनएको निशुल्क सदस्यतासगैं नेतृत्व तहसम्मै पुगाउनेछु :- डा. बद्री केसी

युरोप ,साईप्रस , गैरआवासीय नेपाली सघंको केन्द्रिय अध्यक्षको दाबेदार एवमं बर्तमान उपाध्क्ष डा. बद्रि केसीले संसार भर रहेका नेपाली विद्यर्थीहरुलाई पनि अन्य एनआरएनए सदस्य जस्तै सदस्यता वितरण गर्न आफु लाग्ने बताउनु भएको छ ।

हिजो काठमाडौमा आफनो अगामी अध्यक्ष पदको उम्मेद्धवारी घोषणा गर्दै डा. बद्री केसीले नेपाल सरकारसगं विशेष् सम्बाद एवमं एनआरएनएको विधान संसोधन गराएर भएपनि आफु विद्यार्थीहरुलाई सदस्यता वितरण गर्दै उच्च नेतृत्व तह सम्मको जिम्मेवारी दिलाउने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाले विदेशमा गएका विद्यर्थीहरु आफनै कमाईले आफनो फिस , आफनो घरको खर्च समेत धानेको , उनिहरुसगं धेरै नै नया आईडियाहरु , भिजन , मिसनहरु भएकोले सदस्यता दिन आफु तयार रहेको बताए । रसियाका डा. केसीले आफु एनआरएनएको स्थापना काल देखि नै सस्थापन पक्षधर रहेकोले एनआरएनको शाख जोगाउनका लागि भएपनि सबै प्रवासमा रहेका नेपालीहरुले आफुलाई जिताउनुपर्ने बताउनु भयो ।

डा. केसीले आफु अध्यक्ष भएको खण्डमा संसार भर रहेका नेपालीहरुलाई एमआईएस सिस्टम जस्तै निशुल्क रुपमा १० लाख पन्जिकृत एनआरएनए सदस्य बनाउने लक्ष्य रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु