जर्मनी चुम्लुङको पाँचौं अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- नमुना नेपाल
- 05 Oct, 2024
केजीन राई,म्युनिख जर्मनी :किरात याक्थुङ चुम्लुङ जर्मनीमा नयाँ कार्य समिति चयन भएको छ।
जर्मनीको म्यूनिकमा २२ अगस्टमा सम्पन्न पाँचौं अधिवेशनद्वारा सञ्चमान जबेगुको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति चयन भएको हो।
समितिको उपाध्यक्षमा शोभा लक्सम लिम्बू, सचिव लोकेन्द्र साँबा, सहसचिव सेन्छेलुङ पतङवा र कोषाध्यक्षमा छत्र नेयोङहाङ छन्।
सदस्यमा सरस्वता थेबे काम्बाङ, शम्भुसेन तुम्बापो, पूर्णहाङ नेम्बाङ, युगल यवा, सुमन लिम्बु, मधु निङलेखु, अञ्जना लिम्बू र विक्रम साँबा लिम्बू रहेको चुम्लुङले जनाएको छ।
जर्मनी चुम्लुङले याक्थुङ लिम्बूहरूको सांस्कृतिक, भाषिक एवम् पहिचान झल्किने कार्यक्रमहरू अघि बढाउने योजना रहेको अध्यक्ष जबेगुले बताउनुभयो।
Leave a Reply
Your email address will not be published. Required fields are marked *