:

रुपन्देहीको बुटवल माबिमा रोपाइँ जात्रा

top-news

 बसन्तराज बराल,बुटवल: बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को  आयोजनामा रोपाइ जात्रा मनाइएको हो । 

कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु  अघि–अघि हलगोरु ,पछि–पछि बाउसे र रोपाहारहरु विविध भेषभूषा र श्रृङ्गारमा सजिएर गरेको अभिनय । साथै पछि–पछिको बाजा गाजाको रोमाञ्चक धुनमा विभिन्न भेषभूषामा सजिएका विद्यार्थीहरु धानको वीउ हातमा लिई एक लहरमा उभिएर रोपाहारको शैलीमा छुपुछुपु धान रोपेजस्तो गरेको अभिनय । विद्यार्थी र युवायुवतीलाई सांकेतिक रुपमा काँस वा सीरुलाई धानको वीउ बनाएर वीउ रोप्दै विद्यालय परिसरमा हिँडेको हेरिरहुँ झैं लाग्ने मनमोहक दृश्य देखिएको थियो ।

केही वर्ष अघिसम्म स्थानीय सरकार र सामाजिक संघसंस्थाहरुको अगवाईमा यो जात्रा गरिदै आएकोमा अहिले त्यो रोकिएको छ । यस्तो अबस्थामा बुटवल मा.बि. मौलिक कला संस्कृति जगेर्नामा लागेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव प्रधानले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य गौतमलाल शाक्यले बुटवललाई पर्यटकीय पहिचान बनाउन यहाँका कला संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, शिक्षा शाखा विष्णुप्रसाद बेल्बासे, वडा नं. १ का वडासदस्य निलम गौतमले यस क्षेत्रका विद्यालयहरु विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने गरी रचनात्मक काममा अघि बढ्नु सकारात्मक भएको भन्दै आगामी दिनमा स्थानिय पालिकाबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आफ्नो धर्म सँस्कृतिको संरक्षण र भावि पुस्तालाई आफ्नो परम्परावारे जानकारी गराउने उद्धेश्यले रोपाइँ जात्रा आयोजना गरिएको बुटवल मा. बि. का प्रधानध्यापक होम बहादुर रायमाझीले जानकारी दिए । 

भौतिक र शैक्षिक गुणस्तरमा पछि परेको विद्यालय पछिल्लोसमय ब्यवस्थापन समितिबाट नयाँ नयाँ योजनाहरु ल्याउँदा थप प्रभावकारी भएको छ । यसले विद्यालयमा आकर्षण समेत बढेको छ । हाल नर्सरीदेखि प्लस टु सम्म करिब पाच सय विद्यार्थीहरु अध्यनरत छन् ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *