:

वेलायतको स्क्टल्याण्डमा आगलागीमा परी दुइ नेपालीको निधन

top-news

बेलायतको स्कटल्याण्ड राज्यको एबरडीनमा सोमबार भएको आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ।

सोमबार साँझ करिब ६ बजे ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको घटनास्थलमै निधन भएको हो।

स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल पनि २० वर्षकै हाराहारीमा भएको बताइएको छ।

सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ।

सुवेदी दिदीबहिनी डा यज्ञ सुवेदीको छोरीहरु हुन्।डा सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन्।

घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रहरीले सोमबार साँझ करिब ६ बजे आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ। राति करिब ९ बजे आकस्मिक सेवा त्यहाँबाट फर्किएको बताइएको छ।

आगलागी सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनीको फ्लाटबाट शुरु भएको बताइएको छ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *