:

पोर्चुगलको समुन्द्री किनारमा अमेज्वा टीप्न जादा २ नेपालीले ज्यान गुमाए, मृतक मध्ये १ को शव फेला

top-news

पोर्चुगलको मोन्तेजु भन्ने स्थानको समुद्रमा ६ अप्रिल २०२४ शनिबारका दिन दुई नेपाली बेपत्ता भएका छन्।

ती मध्ये एकको शव फेला परेको छ भने अर्का एकको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी रहेको समाचार प्राप्त भएको छ ।

धादिङ्ग जिल्लाको नेत्रावती डपजोङ-५ घर भई हाल मोन्तिजो पोर्तुगल बस्दै आएका ३० बर्षिय धनबहादुर तामाङ्ग (साजन) र ३८ बर्षिय टेकबहादुर तामाङ्ग हिजो बेलुका मोन्तिजो नजिकै अमेज्वा टिप्न जाँदा समुन्द्री किनारमा वेपत्ता भएका थिए।

बेपत्ता मध्ये धबहादुर तामाङ्को शव फेला परेको छ भने बेपत्ता रहेका अर्का टेकबहादुर तामाङ्को अवस्था हालसम्म अज्ञात रहेकोले सम्बन्धित निकायबाट खोजी कार्य जारी रहेको घटनास्थल पुगेर घटनाको जानकारी लिनु भएका एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए। मृत भेटिएका धनबहादुर तामाङको शव पोष्टमार्ट्मको लागि अस्पताल लगिएको बताइएको छ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *