:

बाग्लुङ समाज पोर्चुगलको अधिवेशन भब्यरुपमा सम्पन्न ,अध्यक्षमा दिनेश खड्का सर्वसम्मत

top-news

बाग्लुङ्ग समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का सर्वसम्मत  चयन भएका छन् । सोमबार लिस्बन तेस्रो अधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको अधिबेशन तथा सांगीतिक कार्यक्रम पोर्चुगलको राजधानीमा रहेको वेलाबिस्ता पार्कमा भव्य रूपमा सम्पन्न भएको थियो ।

तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए।

कार्यक्रममा पोर्चुगलमा रहेका संघसंस्थाका प्रतिनिधिहरू तथा वैचारिक संगठनका नेताहरू समेत उपस्थित रहेका थिए।

कार्यक्रममा नेपालीपन झल्केको थियो भने कार्यक्रम हेर्न आउने दर्शकहरू पनि निकै खुसी र उत्साहित थिए।बागलुङ समाज पोर्चुगलको तेस्रो अधिबेशनबाट नयाँ कार्यसमिति चयन भएको छ।

नवनिर्वाचित कार्यसमितिमा निम्न बमोजिम रहेको छ : अध्यक्षमा दिनेश खड्का,बरिष्ठ उपाध्यक्षमा बिष्णु भण्डारी उपाध्यक्षमा भूमीश्वर सापकोटा ,जय वहादुर के.सी.,महेन्द्र जि.सी.,सुवास क्षेत्री,महिला उपाध्यक्षविनु भण्डारी के.सी,माहसचिव कृष्ण के.सी.,सचिव के.पी शर्मा,मिन गुरुङ,जयलाल सुवेदी,सुवेश शर्मा, सह-सचिवमा सुर्य बोहोरा,नविन चोखाल,कोषाध्यक्ष राम बहादुर थापा,सह-कोषाध्यक्षमा, सारदा रायमाझी, सदस्यहरुमा खड्‌का बाहदुर साहनी,अनमोल के.सी.,विमल कार्की,सुनिल वि.क,खड्‌का वहादुर खत्री ,मुना सापकोटा आचार्य,मन बाहदुर कार्की,देवु थापा, वावुराम धिमिरे,मनोज सिंजाली, केदारनाथ सुबेदी,राजकुमार वस्याल,विकास सुवेदी, चन्द्रमणी न्यूपाने, एलिसा सापकोटा र सरस्वती खत्री क्षेत्री रहेका छन्।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *