:

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

top-news

पोर्चुगलको लिस्बोनमा किरात याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न गरेको छ ।

जुलाई २२ मा लिस्बोनको सिटि वोकमा विविध साँस्कृतिक कार्यक्रम सहित किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौ अधिबेशनको कार्यसमिति घोषणा समेत गरेको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको नयाँ कार्यसमिति (२०२४-२०२६) को लागि रुकमान केरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्ष ज्ञानु केदेम लिम्बू र योगिता चोङबाङ, महासचिव राजकुमार खजुम, सचीव रक्षा लिम्बू, कोषाध्यक्ष गङ्गा थेबे, सह-कोषाध्यक्ष उमेश इधिङगो, सदस्य दिनेश लिम्बु, शान्ती आङ्देम्बे, धनसिङ लिम्बू, बिकाश थेगिम, सोहन लिम्बू, सुरेश लिम्बू, अबिशेक लिम्बू, प्रेम अङ्बो चयन भएका छन् ।

किरात याक्थुङ चुम्लुङ पोर्चुगलका कार्यबाहक अध्यक्ष राजकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरले दिप प्रज्ज्वलन गरि उद्घाटन गरेका थिए । कियाचु पोर्चुगल पाचौं अधिबेशन संयोजक रोबर्ट लिम्बू, एनआरएन पोर्चुगल अध्यक्ष उमेश खड्का, आइसिसी सदस्य राजकुमार थापा, जनसम्पर्क समिती अध्यक्ष युवराज पन्थी, प्रवासी नेपाली जनसम्पर्क मन्च अध्यक्ष दिपक खत्री, कियाचु पुर्व अध्यक्ष दीपा लिम्बू, नेपिलिज वोमेन एसोसिएसन अध्यक्ष शान्ति अर्याल, मगर संघ अध्यक्ष कमल मगर, किरात राई सोसाइटी अध्यक्ष दिपेश राई, अनेसास पोर्चुगल महासचिव एन बी अन्जान, पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए । आफ्नो मौलिक संस्कृति झल्किने नृत्य, गायन प्रस्तुति सहित सम्पन्न कार्यक्रममा डिनरको समेत ब्यवस्था गरिएको थियो । गायिका मिजिरा लिम्बू र गायक पल लिम्बूले साङ्गितिक प्रस्तुति सहित पूर्ण मनोरञ्जन गराए ।

कार्यक्रमको सहजीकरण संचालन प्रेम लिम्बूले गर्नु भएको थियो भने रुकमान केरुङले स्वागत मन्तब्य राख्नु भएको थियो । पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख वृद्दी भएसङै सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ सामाजिक संस्था गठन गरी लिम्बूहरू विच पारस्परिक एकता, संस्कार, संस्कृतिको जगेर्ना, पौरवी तथा पुस्तान्तरण आदिमा पहलकदमी गर्दै आइरहेको छ । कियाचु पोर्तुगलले स्थापना कालदेखि नै प्रत्येक साल विभिन्न चाडपर्वहरूको अवसरमा कार्यक्रमहरू गर्दै आइरहेको छ।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *