:

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगल राष्ट्रिय समितिले सेप्टेम्बर १ तारिख विशेष अधिवेशन गर्ने

top-news

अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले आउदो सेप्टेम्बर १ तारिक विशेष अधिवेशन गर्ने भएको छ।

विशेष अधिवेशनलाई भव्य, सभ्य र सशक्त बनाउन वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा.अनु खनालको नेत्रृत्वमा निर्वाचन समिति, उपाध्यक्ष दिपेस राईको नेत्रृत्वमा विशेष अधिवेशन समन्वय समिति र महासचिव हरिशरण परियारको नेत्रृत्वमा अधिवेशन प्रचारप्रसार समिति गठन गरिएको जानकारी संस्थाका अध्यक्ष कमल खड्काले बताए।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आथित्य एवम् विभिन्न संघसंस्थाका प्रमुखहरूको विशेष तथा उपस्थिति आतिथ्यमा सन्चालन हुनेछ,´उहाँले थप्नुभयो।

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाल र नेपालीको हित, भलाइ, उन्नति एवम् प्रगतिमा समर्पित संस्था हो।’अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले भन्नुभयो।`यो समाजका पोर्चुगल लगायत ८३ ओटा देशमा सक्रिय राष्ट्रिय समितिहरु क्रियाशील छन्।

https://namunanepal.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *